सीके राउतको पार्टीको अभियान नवलपरासीका गाउँ-गाउँमा

सीके राउतको पार्टीको अभियान नवलपरासीका गाउँ-गाउँमा

परासी : स्वतन्त्र मधेस गठबन्धनको माग गर्ने सीके राउत नेतृत्वको ‘जनमत पार्टी’ ले पश्चिम नवलपरासीका विभिन्न गाउँमा जन अभियान सञ्चालन गरेको छ ।

जिल्लामा रहेको गठबन्धनलाई समेत पुनर्गठन गरी नयाँ समिति बनाइएको छ । श्रीकृष्ण यादवको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति मंगलबार गठन गरेको जनमत पार्टीका पदाधिकारीले बताएका छन् ।

सरकारसँग भएको सहमति र नयाँ पार्टी गठनको औचित्यका बारेमा जनतालाई जानकारी दिन उनीहरुको सुझाव संकलन गर्न नेताहरु गाउँ अभियानमा लागेको बताएका छन् ।

अन्तरक्रिया र कोणसभाको आयोजना गरेर नेताहरुले पार्टीप्रति जनताको धारणा बुझन् लागेको बताएका थिए । अभियानमा केन्द्रीय र जिल्ला नेताहरु सहभागी छन् । प्रतापपुरको हर्कपुरा चोकमा मंगलबार कोणसभाको आयोजना गरेर नेताहरुले अभियान सुरु भयो । केन्द्रीय सदस्य धु्रव गौडका अनुसार पार्टी गठनपछि कार्यकर्ताहरुमा रहेको अन्योलता हटाउन अभियान सञ्चालन भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.