महिलालाई च्याउखेती तालिम

महिलालाई च्याउखेती तालिम

कालिकोट : तिलागुफा नगरपालिकाले दुइदिने व्यावसायिक च्याउ खेती तालिम दिएको छ। तिलागुफा नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका २५ जना विपन्न महिलालाई उद्यमी बनाउन दुइदिने व्यावसायिक च्याउ खेती तालिम दिइएको हो।

तिलागुफा नगरपालिका कृषि शाखा प्रमुख लालबहादुर खड्काले बजारको मागका आधारमा किसानलाई व्यावसायिक बनाउन च्याउखेतीसम्बन्धि दुइदिने तालिम दिएको बताए। उनले विगतमा च्याउप्रति केही समुदायको विभेद रहेको बताउँदै ‘बाहुनले च्याउ खाओस् त स्वात पाओस्’ भन्ने उखान विस्तारै हट्दै गएको बताए।

उनले भने, ‘च्याउ मिठो स्वादका साथै पौष्टिक आहार र मानव स्वास्थ्यका लागि निकै लाभदायक रहेकाले माग बढिरहेको छ। अब हामीले हरेक वडामा एउटा अनिवार्य व्यावसायिक च्याउ खेती उत्पादन गर्ने कृषक समूह बनाउने तयारी गरेका छौं।’ च्याउको तरकारीले बालबालिकामा हुने कुपोषणको समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। च्याउ खेती कसरी गर्ने, खेती गर्दा आईपर्ने समस्या र समाधानका उपायबारे सिकाइएको उनले बताए।

तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले तिलागुफा नगरपालिका तरकारी तथा फलफूल बालीको प्रशस्त सम्भावना बोकेकोे नगरपालिका रहेको बताए। तालिमबाट सिकेका कुरा व्यवसाय सञ्चालन गरी प्रयोगमा ल्याउन उनले किसानलाई सुझाव दिए। व्यवसाय सुरु गरेपछि नगरपालिकाले विभिन्न अनुदान तथा अन्य प्राविधिक सहयोग गर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.