विप्लवका मोरङ जिल्ला इन्चार्ज र जनमुक्ती सेनाका पूर्वव्रिगेड भिसी पक्राउ

विप्लवका मोरङ जिल्ला इन्चार्ज र जनमुक्ती सेनाका पूर्वव्रिगेड भिसी पक्राउ

विराटनगर : सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेकपाका मोरङ जिल्ला इन्चार्ज प्रज्वल श्रेष्ठ पक्राउ परेका छन्।  श्रेष्ठलाई प्रहरीले बुधबार बिहान सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँबाट पक्राउ गरेको हो।

उदयपुर घर भएका श्रेष्ठलाई पक्राउ गरे पनि प्रहरीले आधिकारिक रुपमा पुष्टि गरेको छैन। उनी काठमाडौंस्थित मिर्मिरे एफएम रेडियोका सञ्चालकसमेत हुन्। विप्लव नेतृत्वको नेकपाले श्रेष्ठलाई गत असोजदेखि मोरङ इन्चार्जको जिम्मेवारी दिएको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले इन्चार्ज श्रेष्ठलाई पक्राउ नगरिएको दाबी गरे। उनले विप्लवका कसैलाई पनि पक्राउ नगरिएको बताए। पक्राउ परेका श्रेष्ठलाई प्रहरीले कहाँ राखेको छ भन्ने खुलाएको छैन। 

त्यस्तै प्रहरीले इटहरीको हलगडाबाट मंगलबार साँझ पूर्व जनमुक्ती सेनाका विग्रेड भिसी सूर्य खड्कालाई पनि पक्राउ गरेको छ। परिवारका सदस्यसँग बसिरहेका बेला पक्राउ परेका खड्काको अवस्था अज्ञात छ। संखुवासभा घर भएका खड्का नेकपाका सुनसरी जिल्ला सदस्य हुन्। उनले दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी नेता वर्षमान पुनकाविरुद्धमा मोरङ क्षेत्र नम्बर १ बाट बागी उम्मेदवारी दिएका थिए। त्यतिबेला निर्वाचन बहिस्कारमा रहेको मोहन वैद्य नेतृत्वको माओवदीले पार्टीको नीति विपरित उम्मेदवारी दिएको भन्दै खड्कालाई कारवाही समेत गरेको थियो।

त्यसपछि उनी राजनीतिबाट निस्क्रिय बनेको र आफ्नो पार्टीमा नरहेको नेकपाले जनाएको छ। प्रहरीले पछिल्लो समयमा विप्लवका नेता कार्यकर्तालाई धमाधम पक्राउ गरे पनि अवस्था सार्वजनिक गर्ने  गरेको छैन। प्रहरीले व्यक्ति पक्राउ गरेर अवस्था अज्ञात राख्नु र पक्राउ परेकालाई सार्वजनिक नगर्ने गरेपछि प्रहरीको काम कारवाहीको विरोध हुन थालेको छ। पक्राउ गरेर आफ्नै हिरासतमा राखिए पनि पक्राउ नगरिएको स्पष्टिकरण प्रहरीका अधिकारीले दिने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.