जथाभावी दोहनले जोखिम

जथाभावी दोहनले जोखिम

बेनी : बेनी–५ को बगुवा खोलास्थित म्याग्दी नदी किनारमा बस्ती र बालजागृति आधारभुत विद्यालय क्षेत्र कटानको जोखिम बढेको भन्दै नगरपालिकाले ढुंगा, गिट्टी र बालुवा उत्खनन्मा रोक लगाएको छ। उपकरण प्रयोग गर्न नपाउने नीतिगत व्यवस्था विपरित म्याग्दी नदीको बहाव परिवर्तन हुने गरी उत्खनन् भएको पाइएपछि त्यसमा रोक लगाइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले कार्यपालिकाको अनुगमन टोलीले उत्खनन् भइरहेको बगर छेउमा रहेको क्रसर उद्योगका सञ्चालकलाई रोक्न निर्देशन दिएको बताए। नदीजन्य पदार्थ जिल्ला अनुगमन समितिले सहायक प्रमुख जिल्ला अधिकारी लीलादेवी अर्यालको नेतृत्वमा गठन गरेको उपसमितिले बगुवा खोला क्षेत्रको म्याग्दी नदीको बगरमा ‘मनोमानी हिसाबले अध्याधिक दोहन÷उत्खनन गरी खोलाको बहाव परिवर्तन भएको र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया पूरा नगरेको’ प्रतिवेदन फागुन ९ गते बुझाएको थियो।

टोलीले ‘नगरपालिकाले लगाएको ठेक्कामा नियमित अनुगमन गर्न, तोकिएको परिणामको सामग्री उत्खनन्पछि उत्खनन् बन्द गराउन र निजी जग्गामा गरिएको उत्खनन् तत्कालन बन्द गराई कानुनी प्रक्रिया पुरा गराउन’ सुझाव दिएको थियो। नदी किनारमा रहेको प्रकाश बानिया, भीमबहादुर बानिया र नारायण जीसीको जग्गामा गरिएको उत्खनन् वातावरणीय हिसाबले प्रतिकुल भएको प्रतिवेदनमा उल्लेख छ। बगुवाखोलास्थित जीसी क्रसर उद्योगका सञ्चालक नारायण जीसीले भने खोलाले कटान गरेर बहाज परिवर्तन गरेको र आफूहरुको निजी जग्गाको बगरबाट उत्खनन् गरेको बताए।

१० वर्षअघि कानुनी प्रक्रिया पुरा गरेर म्याग्दीका विकास आयोजनालाई आवश्यक पर्ने निर्माण सामग्री आपूर्ति गर्न सञ्चालन गरेको उद्योगलाई केही जनप्रतिनिधिले पूर्वाग्रही भएर अनुगमनको बाहनामा बदनाम गर्न खोजेको दावी गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.