एसईईका परीक्षार्थीलाई मास्क

एसईईका परीक्षार्थीलाई मास्क

स्याङ्जा : माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने परीक्षार्थीलाई वालिङ् जेसिजले मास्क वितरण गरेको छ। सिद्धार्थ राजमार्ग अन्र्तगत वालिङ् नगरपालिकाले सडक चौडा गरिरहेका बेला धुलोबाट परीक्षार्थी प्रभावित नहोउन भन्ने उद्देश्यले परीक्षार्थीलाई मास्क उपलब्ध गराइएको हो।साथै, जेसिजले विद्यार्थी, शिक्षक र सुरक्षाकर्मीलगायत वालिङ् क्षेत्रमा एक हजार ५ सयवटा मास्क वितरण गरेको जनाएको छ।  

'सडक विस्तार जारी रहेका बेला विद्यार्थी धुलोको कारणले बिरामी हुनगई परीक्षा प्रभावित हुन नदिन परीक्षा केन्द्रमा नै पुगेर मास्क वितरण गरिएको जेसीजका पूर्व अध्यक्ष प्रदीप कोइरालाले जानकारी दिए। 

'मानवताको सेवा जीवनको सर्वोत्तम कार्य' लाई मुल मन्त्र ठान्ने जेसीजलाई वालिङ् नगरपालिकाले माक्स उपलब्ध गराएको जेसीजका अध्यक्ष राजु तिवारीले बताए।'मास्कको प्रयोगले धुँवा, धुलोबाट जोगिनुका साथै रुघाखोकी, ज्वरोजस्ता संक्रमण कम हुन्छ,' अध्यक्ष तिवारीले भने। 

आइतबारबाट सुरु भएको एसईईमा स्याङ्जाबाट ५ हजार ९ सय १० जना परीक्षार्थी सहभागी छन्। नियमिततर्फ ५ हजार ७ सय ४३ र ग्रेड वृद्धितर्फ १ सय ६७ परीक्षार्थी सहभागी छन्। 

जिल्लाका एक सय ७४ माध्यमिक विद्यालयका परीक्षार्थीलाई ३३ वटा केन्द्र निर्धारण गरी परिक्षा दिने व्यवस्था मिलाइएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख घनश्याम पौडेलले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.