विप्लवका तीन नेता धरौटीमा रिहा

विप्लवका तीन नेता धरौटीमा रिहा

रोल्पा : रोल्पाका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन नेता धरौटीमा रिहा भएका छन्। प्रहरी हिरासतमा रहेका तीन नेता जिल्ला अदालतको आदेशमा रिहा भएका हुन्। 

२४ दिन हिरासतमा बसेका गंगादेव गाउँपालिकाका टीकाराम परियार, सुनिल स्मृति गाउँपालिका-१ घोडागाउँका नेपेन्द्र सेन र रोल्पा नगरपालिका-४ लिबाङका लालबहादुर सुनार रिहा भएका हुन्। 

न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले उनीहरुलाई जनही ६० हजार धरौटीमा छोड्न आदेश दिएको हो।  नेकपा स्रोतका अनुसार उनीहरु मंगलबार तारेखमा रिहा भएका हुन्।

तीनैजनालाई राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको मुद्दा लगाइएको थियो। पूर्वी रोल्पाको गजुलस्थित एनसेल टावरमा आगजनी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो 

रिहा भएका नेपाली नेकपा निकट दलित राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य, सेन सुनिल स्मृति गाउँपालिकाका सेक्रेटरी र परियार दलित मुक्तिमोर्चाको पूर्वजिल्ला अध्यक्ष हुन्। 

नेकपाका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ले प्रहरीले तीन नेतालाई बिनाकारण पक्राउ गरेको भन्दै रिहाइको माग गर्दै आएका थिए। नेकपाले पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै फागुन २३ गते राप्ती बन्द गरेका थिए।

रिहा भए लगत्तै लालबहादुर सुनारले आफू कुनैपनि पार्टीमा नलाग्ने घोषणा गरेका छन्। विज्ञप्ति जारी गर्दै उनले स्वतन्त्र नागरिक जीवन बिताउने उल्लेख गरेका हुन्। 

सुनारले सदरमुकाम लिबाङमा फोटो स्टुडियो चलाउदै आएका छन्। सुनारलाई विगतमा पनि प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरमा ल्याएको थियो। 

विप्लवको पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि जिल्लामा नेकपाका नेता कार्यकतामाथि प्रहरीले निगरानी बढाएको छ। 

एनसेल टावरमा आगजनी प्रकरणमा करिब १५ जनाको नामविरुद्ध मुद्दा दायर भएको छ। प्रहरीले सबैको खोजी भइरहेको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.