८० रुपैयाँ बिजुलीको बिल तिर्न १५ सय खर्च

८० रुपैयाँ बिजुलीको बिल तिर्न १५ सय खर्च

डडेल्धुरा : डडेल्धुरा सदरमुकामदेखि ५५ किलोमिटर टाँढाको पनिउटका बासिन्दालाई ८० रुपैयाँ महसुल  बुझाउन १५ सय खर्चिनुपर्ने बाध्यता छ। पनिउटदेखि जिल्ला सदरमुकाम आउन एकोहोरो भाडा ३५० रुपैयाँ छ।

जिल्ला सदरमुकाम पुग्न ४ देखि ५ घण्टा नै लाग्ने र पुगेकै दिन महसुल बुझाउन नसकिने स्थानीय पनिउट बासी गिरेन्द्र जोरा बताउँछन्।

‘महसुल बुझाउन बास बस्नुपर्‍यो। चार छाक खाना खानै पर्‍यो, त्यो सब जोड्दा साह्रै महँगो खर्च पर्छ’, स्थानीय जयमा ठकुराठीले भनिन्।

पहिले बत्तीको महसुल लिने मान्छे पनिउट पुग्दा सहज हुन्थ्यो तर, अहिले विल तिर्न समस्या भएको उनले गुनासो गरिन्।

स्थानीयले महसुल बुझाउन जिल्ला सदरमुकाम जानुपर्छ। सदरमुकामदेखि घर ओहोर दोहोर गरेको सबै खर्च जोड्दा १५ सय भन्दा बढी खर्च लाग्ने गरेको पनिउटका शिक्षक पदम बहादुर जोराले बताए।

घर नजिक विद्युत महशुल काउन्टरको व्यवस्था गरिदिए स्थानीयलाई सहज हुने शिक्षक जोराको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.