गरिबी हटाउन प्रतिबद्ध छौं : ओली

गरिबी हटाउन प्रतिबद्ध छौं : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा सक्षम रहेको बताएका छन्। जनताप्रति उत्तरदायी भई सरकार जनताको आर्थिक एवं सामाजिक जीवन उकास्न लागिपरेको उनको भनाइ छ। ‘गरिबी एवं पछौटेपन अन्त्य गर्न सरकार दृढसंकल्पित छ’, उनले भने।

आर्थिक समृद्धिका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, ऊर्जा, सूचना प्रविधिलगायत सबै क्षेत्रमा तीव्र विकास र परिवर्तन ल्याउन सरकारले चाहेको उनले बताए। त्यसका लागि सार्वजनिक, निजी र सहकारी समन्वयमा अगाडि बढ्ने नीति रहेको उनको भनाइ छ।

काठमाडौंस्थित मेडिसिटी अस्पतालले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले नेपाल सबै क्षेत्रमा सक्षम छ भन्ने प्रमाण मेडिसिटीको सफलताबाट पनि पुष्टि भएको धारणा राखे। ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई साकार पार्न पनि नेपालीको शरीर पनि स्वस्थ हुनुपर्ने उनको भनाइ छ। नेपाल अहिले हरेक क्षेत्रमा नयाँ उचाइमा पुगेको र यहीँ खुलेका अस्पतालले पनि अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गरेकोमा आफूलाई खुसी लागेको उनले बताए।

कार्यक्रममा सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानमा आफू लागेको उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताए। मेडिसिटीको सफलता सबै नेपालीका लागि खुसीको खबर भएको उनको भनाइ छ।

मेटिसिटीलाई एनएबीएच

मेडिसिटी अस्पतालले नेसनल एक्रिडिटेसन बोर्ड फर हस्पिटल एन्ड हेल्थ केयर प्रोभाइडर्स (एनएबीएच)को मान्यता प्राप्त गरेको छ। अस्पतालको सेवा, जनशक्तिको व्यवस्थापन, विश्वस्तरीय प्रविधि, बिरामीमैत्री पूर्वाधार तथा अन्तर्राष्ट्रिय मापदण्डको सही व्यवस्थापनका कारण यो मान्यता पाएको अस्पतालले बताएको छ।

एनएबीएचले भारतीय उपमहाद्वीप एवं विश्वस्तरमा अस्पताल र स्वास्थ्य सेवाप्रदायकका विभिन्न पद्धतिको अनुगमन गरेर यस्तो मान्यता दिने गर्छ। भारतका १७ हजारभन्दा बढी अस्पतालमध्ये ५ सय ९२ ले मात्र यस्तो मान्यता पाएका छन्। नेपालमा एनएबीएच मान्यता पाउने मेडिसिटी पहिलो अस्पताल हो।

मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले अस्पतालले पाएको सफलताले आफूलाई गौरवान्वित बनाएको बताए। मेडिसिटीको सफलताले नेपालमा पनि अन्तर्राष्ट्रिय मापदण्डका अस्पताल सञ्चालन भइसकेका छन् भन्ने सन्देश मिलेको उनको भनाइ छ।

कार्यक्रममा बालज्ञानी गुरु आदित्य दाहाल पनि सहभागी थिए। उनले ‘मूल्यबापत मात्र सेवा दान होइन, उपचारबापतको बिना मूल्य जीवन उपहार दिऊँ’ भन्ने सन्देश व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.