पत्नीको उपचारपछि प्रचण्ड आज स्वदेश फर्किदै
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड श्रीमती सीता दाहालको स्वास्थ्योपचारपछि आज स्वदेश फर्कँदै छन्।अध्यक्ष, स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली इतिहाद एयरवेजबाट अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने छन्।
अमेरिकामा श्रीमती सीता दाहालको Progressive Supranuclear Palsy (PSP) रोगको स्वास्थ्य जाँच सकेर अध्यक्ष स्वदेश फर्किन लागेका हुन्।
प्रचण्ड यही चैत्र ३ गते पत्नीको उपचारका लागि अमेरिका गएका थिए।