बाजुराको कवाडी डिपोमा चामल सकियो

बाजुराको कवाडी डिपोमा चामल सकियो

बाजुरा : समयमै ठेकेदारले चामल ढुवानी नगर्दा हिमाली गाउँपालिकामा खाद्य सकंट भएको छ। हिमाली गाउँपालिकाको कवाडी डिपोमा असोजमै ठेक्‍का सम्झौता भएपनि अहिलेसम्म चामल ढुवानी नहुँदा महिना दिनदेखि चरम खाद्य संकट भएको हिमाली गाउँपालिका ५ का अध्यक्ष अम्मलाल कार्कीले बताए।

अनुदानको चामल ढुवानी नभएपछि हिमाली गाउँपालिका १, २, र ३ को बिच्छँया, ४ र ५ को रुगीनमा खाद्य संकट भएको हो। हिमाली गाउँपालिका २ बिच्छँयाकी जुनकला बुढा चामल किन्न दुई दिन लगाएर कवाडी डिपोमा पुगिन्, तर त्यहाँ चामल नपाएपछि रित्तो हात फर्किइन्।चामल नपाएपछि सिस्नो कन्दमुलले छाक टार्ने बुढाले बताइन्।

उनले बिच्छँया गाउँका चन्द्रबहादुर बुडथापाले भने गाउँबाट चामल किन्न ४० जना जति आएको तर चामल नपाएपछि रित्तो हात फर्किन लागेको बताए। चामल पाइन्छ भनेर आएको तर नपाएपछि घर जानु परेको उनले बताए। बिच्छँयामा मात्र ४ हजार जनसंख्या रहेको छ। सबै घरमा खाद्य संकट भएको बताए। स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ।

कवाडी डिपोका लागि खाद्य संस्थान बाजुराले यो वर्ष मात्र ६ हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ। सोही अनुसार ३ जना ठेकेदारले असोज महिनामा सम्झौता गरेका थिए।

तर अहिलेसम्म १५ सय क्विन्टल चामल मात्र पुगेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ। ३ हजार क्विन्टल नन्द महतारा, १ हजार बलबहादुर थापा र २ हजार नरी थापाले ढुवानी गर्ने सम्झौता गरेका छन्। बलबहादुर थापाले असोज १८, नरी थापाले असोज १६ र नन्द महतराले असोज ७ ढुवानी गर्ने गरी सम्झौता गरेको खाद्य संस्थाले बताएको छ । 

कोल्टी खाद्य संस्थान डिपोबाट १ हजार, मार्तडी खाद्य संस्थानबाट १ हजार, धनगढीबाट १ हजार र सुर्खेतबाट ३ हजार क्विन्टल ढुवानी गर्नुपर्ने थियो। खाद्य संस्थान बाजुरा शाखा प्रमुख मेखराज ओझाले भने चामल ढुवानी नभएको ठेकेदारलाई ताकेता गरिरहेको बताए। प्रमुख जिल्ला अधिकारी चेतराज बरालले चामल अभाव भएको जानकारी भएलगतै खाद्य संस्थान र ठेकेदारलाई जानकारी गराइ चाँडै चामल पठाउने व्यवस्था गरेको बताए।

अहिलेसम्म त्यो पनि थोरथोरै पाएको स्थानीय देबीलाल भण्डारीले बताए।उनले ‍पाएको चामलमा पनि ठेकेदारले ४० केजीका दरले रकम लिएको तर कट्टामा ३५ केजी मात्र पाएको बताए।'प्रहरीकहाँ खबर गर्दा पनि केही सुनुवाइ भएन,उनले भने।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.