हराएका युवक मृत भेटिए
नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको कविलासमा एक युवक हराएको पाँच दिनपछि मृत फेला परेका छन्।सदरमुकाम विदुरदेखि २० किलोमिटर पूर्वमा रहेको पन्चकन्या गाउँपालिका-२ कविलासका ३६ वर्षीय जनक तामाङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
घरबाट यही चैत ९ गते शनिबारदेखि हराइरहेका तामाङ घरबाट दुई सय मिटर टाढा रहेको ठाडो खोल्सामा मृत भेटिएका नुवाकोट प्रहरीले जनाएको छ।मृत तामाङ आफ्नो छोरासँग बस्दै आएका थिए।
शवको मुचुल्का संकलन गरेर नुवाकोट जिल्ला अस्पताल विदुरमा पोष्टमार्टम गरिएको छ।घटना शंकास्पद रहेकाले आवश्यक थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए।