मुक्तिनाथ विकास बैंकका दुई नयाँ शाखा

मुक्तिनाथ विकास बैंकका दुई  नयाँ शाखा

काठमाडौं : मुक्तिनाथ विकास बैंकले कञ्चनपुरको महेन्द्रनगर र सुर्खेतको वीरेन्द्रनगरमा शाखा कार्यालय विस्तार गरेको छ। महेन्द्रनगर शाखाको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट र वीरेन्द्रनगर शाखाको वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकाल (भण्डारी) ले उद्‍घाटन गरे।

भीमदत्त नगरपालिकाकाका मेयर बिष्टले बैंकको प्रगतिको कामना गर्दै व्यवसाय प्रबर्द्धनको शुभकामना दिए। वीरेन्द्रनगर नगरपालिकाका उपमेयर ढकालले अब जनताहरू बैंकमा नभइ बैंक जनतामा जानुपर्ने बताइन्।

शाखा कार्यालय उद्‍घाटनमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउत, स्थानीय जनप्रतिनिधि, व्यवसायी लगायत उपस्थित थिए।

मुक्तिनाथ विकास बैंकका देशैभरी ११४ वटा शाखा, २२ वटा एटीएम सेन्टर र करिब ६ लाख ग्राहक छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.