विप्लव समुहका नवलपुर उपप्रमुख सहित दुई कार्यकर्ता पक्राउ

विप्लव समुहका नवलपुर उपप्रमुख सहित दुई कार्यकर्ता पक्राउ

नवलपुर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकाका ‘पूर्वी नवलपरासी जनपरिषद’ का उपप्रमुख सहित दुई कार्यकर्ता पक्राउ परेका छन् ।

देवचुली नगरपालिका–४ का दीपककुमार घर्ती र सोही ठाउँका पारस गौतम बिहीबार दिउसो पक्राउ परेका हुन् । घर्ती जनपरिषदका जिल्ला उपप्रमुख हुन् भने गौतम विप्लव समुहका जिल्ला सदस्य रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

उनीहरु दुबैलाई घर नजिकैबाट पक्राउ गरिएको थियो । बुधबार विप्लवको भ्रातृ संगठनका रुपमा रहेको ‘जनपरिषद’ का जिल्ला प्रमुख दानबहादुर आचार्य र जिल्ला सदस्य धनबहादुर मर्दनिया पक्राउ परेका थिए । पक्राउ परेका आचार्य र मर्दनियालाई ‘राष्ट्र सेवक कर्मचारीमाथि हातपात गरेको’ अभियोगमा मुद्दा चलाइएको नायब उपरीक्षक रानभाटले जानकारी दिए ।

बिहीबार पक्राउ परेका घर्ती र गौतममाथि भने आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.