विप्लवसँगको वार्तामा कांग्रेस मध्यस्तकर्ताको भूमिका खेल्न तयार छ : एनपी साउद
अछाम : नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री एनपी साउदले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्तामा कांग्रेस मध्यस्तकर्ताको भूमिका खेल्न तयार रहेको बताएका छन्।
नेपाल प्रेस युनियन अछामले बिहीवार अछापस्थित मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले विप्लव समूहका गतिविधिलाई प्रतिबन्ध लगाएर सरकारले मुलुकमा द्धन्द निम्त्याउन खाजेको आरोप लगाएका छन्।
‘नेपाल आमालाई बेश्या भन्ने र राष्ट्रीय झण्डा जलाउने जस्ता बिखण्डनकारीसंग हातेमालो गरेर द्धन्द सिर्जना गर्देछ’ उनले भने,‘विप्लव समुहसँग सरकारले वार्ता गर्न नसक्ने हो भने कांग्रेसले मध्यस्तकर्ताको भुमिका खेल्छ, जनताको ठुलो बलिदानबाट स्थापीत उपलब्धीलाई काँग्रेस त्यसै खेर जान दिन्न।’