नविकरण भएनन् ओखलढुंगाका निजी हतियार
ओखलढुंगा : जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा अनुमति लिएर हतियार राख्ने व्यक्तिले नियमानुसार हतियार नविकरण नगरेको पाइएको छ। सुरक्षा चुनौतिका कारण हतियार राख्नेहरुले वर्षेनी नविकरण गन पर्ने प्रावधान भए पनि पछिल्लो समय नविकरण हुने गरेको छैन।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका अनुसार २०३५ साल यता ४९ जनाले व्यक्तिगत सुरक्षाको कारण देखाएर अनुमति लिइ हतिायार राखेका छन्। तीमध्ये ५ जनाले मात्रै नियमित नविकरण गराएका छन्। हतियार नविकरण गराउन र अबैध हतियार राख्नेले बुझाउन जिल्ला प्रशासन कार्यालयले आग्रह पनि गरेको छ।
हात-हतियार तथा खरखजना ऐन २०१९ अनुसार अनुमति लिएर राखिएका हतियार नविकरण नगरे गैरकानुनी हुने कानुनी व्यवस्था छ। सोही ऐनले अनुमति लिएर हतियार चलाउन पाउने व्यवस्था पनि गरेको छ।
हतियार लिएर नविकरण नगराउनेलाई सुचना दिएर नविकरण गराउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा टंक रम्तेलले बताए। उनले नविकरण नगरिएका हतियार गैर कानुनी हुने समेत बताए।