पार्टी भित्र गुट उपगुट चल्दैन : ओली

पार्टी भित्र गुट उपगुट चल्दैन : ओली

काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र गुट उपगुट नचल्ने बताएका छन्। 

नेकपाको ३ नम्बर प्रदेश कमिटीका पदाधिकारीको शपथ ग्रहण तथा प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले नेतृत्वले कसैलाई पनि काखा र पाखा नगर्ने स्पष्ट पारे। 

‘दुई पार्टीको एकताको अर्थ  यो हो कि हामीमा गुट उपगुट छैनन्’, प्रधानमन्त्री ओलीले भने, ‘हामी वैचारिक रुपमा स्पष्ट र सांगठनिक रुपमा बलियो पार्टी हौं।’ 

उनले यहाँ अन्तकुन्तरबाट गुट सञ्चालन गरेर पार्टीलाई कमजोर र कार्यकर्तालाई अन्यौल पार्ने काम कसैले पनि गर्नु नहुने बताए। 

वर्तमान सरकारलाई कम्युनिस्ट नेतृत्वको मात्र नभइ कम्युनिस्ट पार्टीको सरकार भएको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘विगतमा हामीले कम्युनिस्ट नेतृत्वको सरकार मात्र बनाउन सक्यौं तर अहिले नेतृत्व मात्र होइन सरकार नै कम्युनिस्ट पार्टीको छ’, ओलीले भने, ‘हामीले चुनावमा गरेको प्रतिवद्धता अनुसार जनताको पक्षमा काम गर्छौं।’

प्रधानमन्त्री ओलीले पार्टी एकताका कारण कतिपय क्षमतावान कार्यकर्ताहरुले जिम्मेवारी नपाए पनि धैर्य गर्न सुझाव दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.