संकटमा चिउरा उद्योग

संकटमा चिउरा उद्योग

परासी : पश्चिम नवलपरासीमा रहेका चिउरा उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। चिउराका लागि प्रयोग हुने कच्चापदार्थ धान सहज रूपमा उपलब्ध हुन छाडेपछि उद्योग क्रमशः बन्द हुने अवस्थामा पुगेका हुन्।

जिल्ला सदरमुकाममा मात्र आठवटा ठूला उद्योग छन्। त्यसबाहेक यस १२ साना उद्योग छन्। चिउरा उत्पादन गर्न यहाँका उद्योगले विराटनगर र नेपालगन्ज क्षेत्रबाट धान ल्याउने गरेका थिए। अहिले त्यस क्षेत्रमा उद्योग धेरैको संख्यामा स्थापना भएपछि धान आउन छोडेको हरि राइस मिलका सञ्चालक सुवास अग्रवालले बताए। चिउराका लागि मोटो धानको आवश्यकता पर्छ। तर जिल्लामा मसिनो धान बढी उत्पादन हुने गरेको छ। यहाँ उत्पादन भएको धानले एक महिना पनि धान्न नसक्ने अग्रवालको भनाइ छ। बाहिरबाट आउने धानमा ढुवानी खर्च बढी लाग्ने भएकाले यस क्षेत्रमा धान पठाउन छाडिएको व्यवसायीले जनाएका छन्।

परासी क्षेत्रबाट दैनिक १२ देखि १५ ट्रक (करिब तीन सय टन) चिउरा काठमाडौं, बनेपा, विराटनगर, बिर्तामोडलगायत बाहिरी जिल्लामा पठाउने गरिएको थियो। अहिले ३० टनमात्र जाने गरेको अग्रवालले बताए। सिन्धुलीदेखि बनेपा जोड्ने बीपी राजमार्ग सञ्चालनमा आएकाले पनि त्यस क्षेत्रका व्यवसायीले वीरगन्जबाटै चिउरा मगाउने गरेका छन्। परासीबाट लैजानुभन्दा वीरगन्जबाट लैजाँदा ढुवानी खर्च कम लाग्ने भएकाले व्यवसायी यहाँ आउन छाडेका हुन्।

चिउरा उत्पादन बन्द गरेर चामल उत्पादन गर्ने सोच बनाएका व्यवसायी जिल्लामै दुई ठूला स्टीम चामल उद्योग खुलेपछि झन् समस्यामा परेका हुन्। पर्याप्त धान उपलब्ध नहुने भएकाले चामलसमेत उत्पादन गर्न नसकिने अवस्थामा रहेको व्यवसायीको गुनासो छ। जिल्लामा उत्पादन हुने धान स्टिम उद्योगलाई समेत नपुग्ने भएकाले उद्योग बन्द गर्नुको विकल्प नरहेको व्यवसायीहरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.