एसईई परीक्षा रद्द भएपछि प्रदेश २ तनावग्रस्त

एसईई परीक्षा रद्द भएपछि प्रदेश २ तनावग्रस्त

जनकपुर/ वीरगञ्ज / रौटहट :  प्रदेश २ मा शुक्रबार हुने सामाजिक विषयको परीक्षा रद्द भएपछि विद्यार्थीहरु सडकमा उत्रिएका छन् । विद्यार्थीको प्रदर्शन आगजनी र ढुंगामुढाबाट प्रदेश २ को राजधानी जनकपुरसहित विभिन्न सहर तनावग्रस्त बनेको छ । अनिवार्य सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि परीक्षा रद्द गरिएको हो। 

तनावग्रस्त वीरगञ्ज, आगजनी र तोडफोड
परीक्षा रद्द भएको आक्रोशमा वीरगञ्जका विद्यार्थीहरु सडकमा उत्रिएका छन् । उनीहरुले वीरगञ्जमा रहेको प्रहरी बिट तथा ट्राफिक लाइट तथा डिभाइडरमा आगजनी गरेका छन् । आक्रोशित विद्यार्थीले तोडफोड तथा आगजनी गरेपछि प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ ।दमकलद्वारा पानीको फोहोरा प्रहार गरेपछि थप आक्रोशित भएका विद्यार्थीले दमकल पनि तोडफोड गरेका छन् ।

मुख्यमन्त्रीको कार्यालय तोडफोड

परीक्षा रद्द भएपछि जनपुरका विद्यार्थी पनि आक्रोशित बनेका छन् । परीक्षा रद्द भएको सूचनालगतै विद्यार्थीहरु प्रदर्शन उत्रिएका छन् ।

प्रदेश २ को राजधानी रहेको जनपुरमा प्रदेश सरकारको कार्यालय अगाडी नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।   आक्राशित विद्यार्थीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय ढुंगा प्रहार गरी तोडफोड गरेका छन् ।  आक्राशित विद्यार्थीको ढुंगा केही सवारीमासमेत क्षति पुगेको छ । आक्राशित शिक्षामन्त्रीको राजीनामा मागेका छन् ।

रौतहटमा राजमार्ग अवरुद्ध

परीक्षा रद्द विरोध रौतहटको चन्द्रनिगाहापुरमा बजारमा विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी नाराबाजी गरिरहेका छन् ।

 

तस्बिर : क्रान्ति शाह/ राजकरण महतो/ फणि महत


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.