विप्लव कार्यकर्ताको सम्पत्ति खोजी

विप्लव कार्यकर्ताको सम्पत्ति खोजी

धरान : सरकारले नेत्रविक्रम चन्द्र ‘विप्लव’ का गतिविधिमा प्रतिबन्ध लगाएसँगै प्रहरीले पक्राउ परेका नेता–कार्यकर्ताको सम्पत्ति खोजी थालेको छ। प्रहरीले पक्राउ गरेका नेता तथा कार्यकर्ताका नाममा रहेको बैंक खाता र घरजग्गा पहिचान गरी स्रोत नखुलेको सबै सम्पत्ति रोक्का गर्न प्रक्रिया अघि बढाएको हो।

सरकारको निर्देशन अनुसार विप्लव कार्यकर्ताको मुद्दा चलाइका प्रहरी कार्यालयमार्फत निजी सम्पत्तिमाथि छानबिन गरी रोक्का राख्न प्रदेश १ का सबै जिल्लामा छानबिन अगाडि बढाइएको छ।

विप्लव कार्यकर्ताले व्यवसायी, विभिन्न संघसंस्था र व्यक्तिबाट चन्दा संकलन गरी घरजग्गा खरिद गरेको र बैंक खाता खोलेर रकम जम्मा गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको हो। प्रदेश १ मा पक्राउ परेका एक दर्जन भन्दा बढी नेता कार्यकर्ताको घरजग्गा र बैंक खाता पहिचान गरी सबै रोक्का गर्न सम्बन्धित मालपोत कार्यालय र बैंकमा पत्रचार गरिएको प्रहरी स्रोतले बताएको छ। प्रदेशका प्रहरी प्रमुख डीआईजी केदार रिजालले सर्वसाधारणलाई आतंकित बनाइ विप्लव कार्यकर्ताले चन्दा संकलन गरी बैंकमा जम्मा गरेको सूचनाका आधारमा अवैध धन सम्पत्तिको अनुसन्धान थालिएको बताए।

उनीहरूका पुर्खौली सम्पत्तिबाहेक चन्दा संकलन गरी हालसालै खरिद गरेको घरजग्गा भए मुद्दाको किनारा नलागुन्जेलसम्मका लागि चलअचल सम्पत्ति रोक्का गरी अनुसन्धान थालिएको डीआईजी रिजाले बताए। देशभर चन्दा असुल गरी मोटो रकम विभिन्न बैंकमा जम्मा गरेको सूचना पाएलगत्तै प्रहरी प्रधान कार्यालयले उनीहरूको स्रोत नखुलेको धनसम्पत्ति रोक्का गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।

प्रहरीले सुनसरीमा बैंक र मालपोत कार्यालयमा मुद्दाको किनारा नलागुन्जेल पक्राउ परेका विप्लव कार्यकर्ताको धन सम्पत्ति रोक्का राख्न पत्रचार गरेको छ। प्रदेश १ का सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, उदयपुर, भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लाका कार्यकर्ताको पहिचान गरी जिल्लामा भएका बैंकमा उनीहरूको खाता नम्बर पत्ता लगाई बैंकको खाता रोक्का गर्ने र हालसालै खरिद गरिएको घर जग्गा समेत रोक्का गर्न पत्रचार गरिएको प्रहरी स्रोतले बताएको छ।

प्रदेश १ का प्रहरी प्रवक्ता डीएसपी सिद्ध न्यौपानेले सम्बन्धित प्रहरी कार्यालयले मुद्दाको अनुसन्धानलाई प्रभावकारी बनाउन फौजदारी अभियोगमा पक्राउ परेका विप्लव कार्यकर्ताको धन सम्पत्ति रोक्का गरेको हुन सक्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.