त्रिवि केन्द्रीय क्याम्पसको कक्षाकोठाबाटै विप्लवका कार्यकर्ता पक्राउ
![त्रिवि केन्द्रीय क्याम्पसको कक्षाकोठाबाटै विप्लवका कार्यकर्ता पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/madan-chapagai_20190329062903_HZk91Rhwoa.jpg)
काठमाडौं : कीर्तिपुरबाट नेत्रविक्रम चन्द विप्लवका विद्यार्थी नेता पक्राउ परेका छन्। विप्लव निकट अखिल क्रान्तिकारीका कीर्तिपुर क्याम्पस अध्यक्ष मदन चापागाईंलाई क्याम्पसबाटै पक्राउ गरिएको उनका सहपाठीले जानकारी दिएका छन्।
कीर्तिपुर क्याम्पसको म्यानेजमेन्ट दोस्रो सत्रमा अध्ययनरत उनलाई कक्षाकोठाबाट नै पक्राउ गरिएको सहपाठीले बताए।
मलेवास नगरपालिका १० पर्वत घर भएका चापागाईं २०७५ साउन २ गतेदेखि अखिल (क्रान्तिकारी) कीर्तिपुर क्याम्पसका जिल्ला अध्यक्ष पद सम्हाली विद्यार्थी राजनीतिमा संलग्न थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)