डेढ अर्बमा अत्याधुनिक गोदाम

डेढ अर्बमा अत्याधुनिक गोदाम

काठमाडौं : निजी क्षेत्रको पहलमा नेपालमा करिब डेढ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक भण्डारण गृह निर्माण हुने भएको छ । भारतको नेसनल कोल्याट्रल म्यानेजमेन्ट कम्पनीको प्राविधिक सहयोगमा नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले सुनसरी, पर्सा र कपिलवस्तुमा अत्याधुनिक गोदाम घर निर्माण गर्न लागेको हो ।

निम्बस होल्डिङका प्रबन्ध निर्देशक आनन्द बगारियाकाअनुसार ५५ हजार मेट्रिक टन क्षमताको एक अर्ब ३५ करोड लगानीमा तीन जिल्लामा गोदाम घर निर्माण हुने भएको छ । निम्बस होल्डिङको लगानी रहेको यो गोदामसम्बन्धी परियोजनाका लागि शुक्रबार आयोजना हुने नेपाल लगानी सम्मेलनको क्रममा समझदारी पत्रमा नेसनल कोल्याट्रल म्यानेजमेन्ट कम्पनीका सीईओ अनुपम कौशिक र निम्बसका तर्फबाट बगारियाले हस्ताक्षर गर्दै छन् ।

गोदाममा गहुँ, मकै, भटमास र धानसमेत भण्डारण गर्न सक्ने सुविधा उपलब्ध हुनेछ । किसानले ल्याएका अन्नलाई सफा गरी उचित तापक्रममा लामो समयसम्म सुरक्षित रूपमा राख्न सकिने व्यवस्था गरिनेछ । यो परियोजनामार्फत किसानलाई बैंकबाट ऋण सुविधा पनि उपलब्ध गराउने तयारी गरेको छ ।

परियोजनाले किसानलाई विभिन्न बैंकसँगको साझेदारीमा वेयर हाउजिङ रसिदको सेवा उपलब्ध गराउने तयारी छ । यसअनुसार किसानले ल्याउने अन्नको उचित मूल्यांकन गरी रसिद प्रदान गरिनेछ । किसानले उक्त रसिद कम्पनीको हातामा रहने बैंकमा बुझाएर अन्नको मूल्यको ७० प्रतिशतसम्म कर्जा लिन पाउने सुविधा उपलब्ध गराइनेछ ।

नेसनल कोल्याट्रल म्यानेजमेन्ट कम्पनी भारतमा अग्रणि अन्न व्यवस्थापन कम्पनीको रूपमा गनिन्छ । भारतका विभिन्न आठ सयभन्दा बढी स्थानमा यो कम्पनीले अन्नसम्बन्धी व्यवस्थापन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.