सीजी लाइफ सेलको डिजिटल योजना

सीजी लाइफ सेलको डिजिटल योजना

काठमाडौं : सीजी लाइफ सेलले बिहीबारबाट ‘बिप’ एप सार्वजनिक गरेको छ। चौधरी ग्रुपअन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ बिजनेस भर्टिकलको रूपमा रहेको सीजी लाइफ सेलले यसलाई भित्र्याएको हो। कम्पनीले नेपालको डिजिटल योजनाअन्र्तगत यसलाई भित्र्याएको जनाएको छ।

बिप एप एउटा म्याजेजिङ प्लेटफर्म हो जहाँबाट भ्वाइस कल, भिडियो कल गर्न र म्यासेज एवं फाइलको आदान प्रदान गर्न सकिनेछ। एपको माध्यमबाट प्रयोगकर्ताले विनिमय दर, मौसमसम्बन्धी जानकारी र समाचारका बारेमा सजिलै जानकारी प्राप्त गर्न सकिनेछ। ‘हामी नेपाललाई डिजिटल नेपालको रूपमा विकास गर्न चाहान्छौं’, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी भने, ‘त्यसैको सुरुवात टर्कसेलसँग सम्झौता गरेर भएको छ। बिप एपको सार्वजनिक पनि त्यसको एउटा उपज हो।’

बिप भनेको कनेम्सनको माध्यम हो। ‘हामीलाई थाहाँ छ, अबको समय डाटाको हो,’ चौधरीले भने, ‘डाटाको खपत बढ्दै गएको छ। त्यसमा सुरक्षा दिने र ग्राहकलाई सहज पहुँच पुर्‍याउने काम हामी गर्नेछौं।’ हामी चाँडै हामी सीजी लाइफ सेलमार्फत देशका सबै स्थानमा सेवा पुर्‍याउने छौं। ‘अहिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल नेपालबाट ठूलो मात्रामा आम्दानी गरेका छन्,’ उनले भने, ‘त्यसबाट नेपालले कुनै आम्दानी गर्न सकेको छैन। त्यसैले त्यो सर्भिस नेपालबाटै किन सुरु नगर्ने भन्ने योजना बनाएर युक्रेनको कम्पनी बिपलाई भित्र्याएका हौं।’

नेपालमै कम्पनी भित्र्याएर सेवा दिँदा सुरक्षाका हिसाबले पनि सहज हुनेछ। यो एउटा म्यासेजिङ र भिडियो च्याट गर्ने एपभन्दा माथिको विषय हो। यसमा खेल खेल्नेदेखि लिएर ठूला फाइल सेयरिङ गर्ने मिल्लने पनि सुविधा छ। त्योभन्दा पनि महत्वपूर्ण कुरा यो नेपालमै आएकाले यसमा लोकल कन्टेन्ट पनि हुनेछ।

आईओएस र एन्ड्रोइड दुवै मोबाइल अपरेटिङ सिस्टममा चल्ने यो एपको एक्टीभ प्रयोगकर्ता विश्वमा एक करोड १५ लाखभन्दा बढी छन्। एप हालसम्म तीन करोड ५० लाखको हाराहारीमा डाउनलोड भएको छ। जसमा मासिक एक करोड ५० लाखभन्दा बढी गेम खेलिने गरेको छ।

मासिक तीन करोड कल र पाँच अर्ब म्यासेज आदान प्रदान हुने गरेको कम्पनीले जनाएको छ। बिपका साथै कम्पनीले आगामी दिनमा म्यूजिक स्ट्रिमिङ एप, क्लाउड स्टोरेज सर्भिस, अनलाइन म्याग्जिन एप, टीभी स्ट्रिमिङ एप पनि ल्याउने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.