‘उत्तरगंगा जलाशय आयोजना सहलगानीमा’

‘उत्तरगंगा जलाशय आयोजना सहलगानीमा’

बागलुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बागलुङको पश्चिम ढोरपाटनमा निर्माण गर्न लागिएको उत्तरगंगा जलविद्युत् आयोजना प्रदेश र स्थानीय सरकारले निर्माण गर्ने बताएका छन्। आयोजना निर्माणका लागि प्रदेश सरकार र स्थानीय तहको सहलगानीमा निर्माण गर्न पहल सुरु गरिएको उनले जानकारी दिए।

नेकपाको कार्यक्रम सिलसिलामा बागलुङमा आएका मुख्यमन्त्री गुरुङले स्थानीय तह र प्रदेशको समृद्धिका लागि विद्युत् आयोजना सञ्चालनको अनुमति दिनुपर्ने बताए। मुख्यमन्त्री गुरुङले उत्तरगंगाको सबै गण्डकी प्रदेशमा पर्ने भएकाले ऊर्जामन्त्रीसँग पनि कुरा गरेको जानकारी दिए।

उनले भने, ‘ठूलो क्षमताको आयोजना बन्दा स्थानीय तह र निजी क्षेत्रले पनि लगानी गर्छन्। त्यहीअनुसार निर्माण गर्न माग गरेका छौं, अहिलेसम्म छिनोफानो हुन सकेको छैन।’ गुरुङले आर्थिक विकासका लागि प्रदेश सरकारलाई विद्युत् उत्पादनमा लगानी गर्न दिन माग गरिएको बताए। पर्यटकीय क्षेत्र ढोरपाटनमा पर्यटकलाई सहज रूपमा पुर्‍याउन सडक निर्माण प्रदेश सरकारले गर्ने पनि उनले जानकारी दिए।

‘ढोरपाटनको एकीकृत डीपीआर तयार गर्ने योजना अगाडि बढाएका छौं,। बुर्तिबाङदेखि ढोरपाटनसम्म सडक निर्माण हुँदै छ,’ उनले भने, ‘धौलागिरि बेसक्याम्पसम्म जाने पदमार्गको निर्माण हाम्रो प्राथमिकतामा छ। यहाँका पर्यटकीय क्षेत्र हुँदै पदमार्ग बनाउने प्रस्ताव पनि आएको छ। त्यसलाई अगाडि बढाउने तयारीमा छौं।’

संघीय सरकारले नीति नबनाइसकेका कारण प्रदेश प्रहरी गठनमा समस्या भएको उनको भनाइ छ। ‘केन्द्रले कानुन नबनाई हामीले बनाउँदा बाझिने समस्या आउने भएकाले बनाएका छैनौं’, उनले भने, ‘सीडीओ कार्यालयको भूमिका परिवर्तन हुनुपर्छ भन्ने हाम्रो माग हो। प्रदेश र केन्द्रको छुट्टै संरचना राख्नुभन्दा एउटै संरचनाले काम गर्न सकियोस् भन्ने हाम्रो चाहना हो।’ गण्डकी प्रदेशभित्रका राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न प्रदेश सरकारले समन्वय गरिरहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.