एउटै कोठामा दुई कार्यालय

एउटै कोठामा दुई कार्यालय

प्युठान : जिल्लाकै दुर्गम गाउँ अर्खामा दुई वडा कार्यालय एउटै कोठाबाट सञ्चालन भइरहेका छन्। गौमुखी गाउँपालिका-१ र २ को प्रशासनिक कामकाज एउटै कोठाबाट निर्वाह गर्दा असहज भइरहेको २ नम्बर वडासचिव मोहनलाल श्रेष्ठले जानकारी दिए। साविक अर्खा गाविस भवनबाट काम चलिरहेको श्रेष्ठले बताए। 

‘दुइटै वडाका सेवाग्राही आउँदा कोठामा भीडभाड हुन्छ’, उनले भने, ‘सुरुदेखि नै यसैगरी चलाइरहेका छांै।’ जीर्ण साँघुरो कोठाबाट काम गर्दा दैनिक कार्यसम्पादनमा समस्या हुने गरेको उनले गुनासो गरे।

गाउँ-गाउँमा सरकार सञ्चालन भएको डेढ वर्ष बितिसक्दासमेत भरपर्दो भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन। सुविधाका लागि लाखौं मूल्यका गाडी र मोटरसाइकल खरिद गरेका जनप्रतिनिधिले भवन निर्माणमा चासो दिएका छैनन्। साँघुरो र जीर्ण भवनबाटै गाउँका सिंहदरबार धानिएका छन्।

धेरैजसो गाउँ, नगर र वडा कार्यालय भाडाका भवनमा छन्। अधिकांश वडा कार्यालयले साविककै जीर्ण गाविस भवनबाट काम चलाइरहेका छन्। कार्यालय नै भरपर्दो नभएपछि दैनिक कार्यसम्पादन गर्न असहज भइरहेको कर्मचारी गुनासो गर्छन्।

फरक-फरक पार्टीबाट निर्वाचित वडाअध्यक्षसमेत एउटै कोठामा मिलेर बसेका छन्। १ नम्बर वडाध्यक्ष मानबहादुर थापा साविकको एमाले र २ नम्बर वडाध्यक्ष डोरबहादुर राना कांग्रेसबाट निर्वाचित भएका हुन्। साविक अर्खा-६ देखि ९ सम्मका वडा मिलाएर हाल एक नम्बर वडा कार्यालय र १ देखि ५ सम्मका वडालाई वडा नम्बर २ कायम गरिएको छ। दुवै कार्यालयको भवन निर्माणाधीन अवस्थामा भए पनि तत्कालै सर्ने अवस्था छैन। सात वडा मिलेर बनेको गौमुखी गाउँपालिकाको यसअघि केन्द्र विवादले भवन निर्माण अघि बढ्न सकेको थिएन। पुँजाको लिवोसमा केन्द्रको टुंगो लागिसकेको जानकारी दिँदै अध्यक्ष विष्णुकुमार गिरीले गाउँपालिकाको भवन निर्माण प्रक्रियालाई तीव्र रूपमा अघि बढाउने बताए। उनले चालु वर्ष दुई करोड २२ लाख रुपैयाँ बराबरको बहुउद्देश्यीय भवन लिवासेमा निर्माण गर्ने योजनामा रहेको बताए। गाउँपालिकाको कामकाज ठूलावेसी बजारमा साँघुरो भवनको कोठाबाट सञ्चालन भइरहेको छ।

जिल्लाका नौ स्थानीय तहमध्ये प्युठान नगरपालिकाको मात्र प्रशासनिक भवन निर्माणको अन्तिम चरणमा छ। हाल नगरपालिका कालिका विकास केन्द्र नेपाल विजुवारको भवनमा भाडामा सञ्चालन भइरहेको छ। नगरप्रमुख अर्जुनकुमार कक्षपतिका अनुसार ०७६ सालदेखि नयाँ भवनबाट कामकाज सुरु गर्ने योजना रहेको सुनाए। विजुवार खेलकुद मैदान नजिक खेतीयोग्यभूमि झिमरुक फाँटमा नगरपालिकाको प्रशासनिक भवन बनेको छ।

भाडाकै भवनबाट काम चलाइरहेका स्थानीय तहले मासिक लाखौं रुपैयाँ घरभाडामै खर्च गर्छन्। झिमरुक, नौवहिनी, मल्लरानी, ऐरावती, सरुमारानी, माण्डवी र स्वर्गद्वारी नगरपालिका साँघुरो भवनबाट गुज्र्रिरहेका छन्। भवन अभावकै कारण विषयगत शाखा, न्याय सम्पादनका लागि छुट्टै इजालसको व्यवस्था हुन सकेको छैन। सेवाग्राहीको चापले कर्मचारीलाई दैनिक कामकाज गर्न मुस्किल पर्ने गरेको छ।

रेडक्रसको भवनबाट काम चलाइरहेको मल्लरानी गाउँपालिका खलंगाले मासिक ५१ हजार रुपैयाँ घरभाडामै खर्चिन्छ। ‘१६ वटा कोठा भाडामा लिएर काम चलाइरहेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले भने, ‘नयाँ भवन बनाउने र अन्य सरकारी भवनमा सर्ने विषयमा कुनै योजना बनेको छैन।’ आफू बस्ने घर (कार्यालय भवन) निर्माणतर्फ चासो नदेखाउँदा जनप्रतिनिधिको पहिलो कार्यकाल भाडाकै भवनबाट बित्ने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.