एकै रात १८ टन धुलो संकलन

एकै रात १८ टन धुलो संकलन

काठमाडौं : ब्रुमर (यान्त्रिक कुचो) ले काठमाडौंका सडकबाट एकैरात १८ टन धुलो संकलन गरेको छ । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि चलाएको ५ वटा ब्रुमरले पहिलो रात पानी परेकाले सफा गर्न नपाए पनि बुधबार राति सडक बढारेका थिए । सडक बढार्दा ब्रुमरले त्यति धुलो संकलन गरेको हो । महानगरले १० करोड ८० लाख रुपैयाँमा फागुन २८ गते इटलीबाट ती ब्रुमर ल्याएको हो ।

काठमाडौं महानगरपालिकाले प्रवक्ता ईश्वरमान डंगोलका अनुसार महानगरले बनाएका ५ सडक ब्रुमरले सफा गर्दा १८ टन धुलो संकलन भएको हो । महानगरले सडक क्षेत्रअनुसार मंगलबारदेखि दैनिक बेलुका ८ देखि बिहान ४ बजेसम्म ८ घण्टा ब्रुमर चलाउने तयारी गरेको भए पनि पानी परेकाले बुधबारबाट मात्र सञ्चालनमा आएका हुन् ।

राजधानीका सडकमा माटो धेरै भएकाले कसरी व्यवस्थापन गर्ने यातायात व्यवस्था विभागसँग छलफल भैरहेकोसमेत प्रवक्ता डंगोलले जानकारी दिए । कानुनी रूपमा ८ मिटरभन्दा थोरै चौडाइका सडक मात्र महानगरकोे जिम्मेवारीमा पर्छ ।

यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले समन्वय गर्दै विभागसँग रहेका २ ब्रुमरले सडक सफा गर्दै आएका थिए । महानगरसँग यसअघि रहेको एउटा ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको जनाइएको छ ।

५ ब्रुमरमध्ये ४ वटा १६ टन क्षमता बराबरका तथा एउटा ६ टन क्षमताको छ । ती ब्रुमर दिनमा १० किलोमिटरसम्मको धुलो संकलन गर्न सक्ने क्षमताका छन् । यूरो मापदण्डका भनिएका ब्रुमरमा अगाडि, बीच र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका ४ ब्रससहित धुलो तान्ने शक्तिशाली पाइप जडान गरिएको छ । पछिल्लो समय सडक विस्तार र निर्माण तीव्र भएकाले धुलो बढेकाले ब्रुमरले सडक सफ ागर्न ठूलो सहयोग पुग्ने विश्वास महानगरको छ ।

ब्रुमरले सफा गर्ने पहिलो सडक क्षेत्र टेकुबाट सोल्टीमोड हुँदै कलंकी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जुद्ध सालिक, महांकाल, जमल, लाजिम्पाट, शीतलनिवास, त्रिवि शिक्षण अस्पताल र नारायणगोपाल चोकसम्म छ ।

टेकुबाट त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, तीनकुने हँुदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म र त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर, पेप्सिकोलासम्म दोस्रो क्षेत्रका सडक पनि ब्रुमरले सफ ागर्ने छन् ।

टेकुबाट सुन्धारा हुँदै भोटाहिटी, विश्वज्योति, घण्टाघर, भद्रकाली, सिंहदरबार, पुतलीसडक, कमलादीमोड, हात्तीसार, जय नेपाल हल, दरबार मार्ग, कमलादी प्रज्ञा भवन पछाडिबाट काठमाडौं प्लाजासम्मका सडक क्षेत्र पनि ब्रुमरले बढार्ने छन् । दरबारमार्गस्थित महेन्द्र सालिकबाट नारायणहिटी हुँदै केशरमहल चोक, त्यहाँबाट लाजिम्पाटतर्फ खानी तथा भूगर्भ विभाग अगाडिको चोक, नारायणहिटी उत्तर गेट, गैरीधारा, प्रधानमन्त्री निवास, रसियाली दूतावास हुँदै शीतलनिवास, पानीपोखरी, लैनचौर, सोह्रखुट्टेसम्मको सडक सफा गरिनेछ ।

ब्रुमरले कमलपोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, सिनामंगल एयरपोर्ट गेट, गौशाला, चाबहिल, होटल हायात चुच्चेपाटी, बत्तीसपुतली, प्रदर्शनी मार्गका सडक क्षेत्र सफा गर्नेछन् । ब्रुमरले सफा गर्ने पाँचौं क्षेत्रअन्तर्गत न्युरोड गेट, वसन्तपुर, इन्द्रचोक, केशरमहलबाट त्रिदेवीमार्ग, रत्नराज्य स्कुल, थापागाउँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सीतापाइला, बालाजु, गोँगबु, नारायणगोपाल चोक र चाबहिलका सडक पर्छन् । –रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.