अभिलेख राख्न महोत्सव
सुर्खेत : देशका विभिन्न भागमा रहेका अभिलेखको उचित व्यवस्थापन र संरक्षण गर्न वीरेन्द्रनगरमा तीनदिने ‘अभिलेख महोत्सव–२०७५’ सुरु भएको छ। राष्ट्रिय अभिलेखालय र प्रदेश सरकारको समाजिक विकास मन्त्रालयको सह–आयोजनामा बिहीबारदेखि तीनदिने महोत्सव सुरु भएको हो।
महोत्सवमा छरिएर रहेका अभिलेखहरुलाई एकिकृत गरी संरक्षण तथा संवद्र्धन गर्न अन्तरक्रिया र अभिलेख संकलन गरिने आयोजकले जानकारी दिएको छ। प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णालीको इतिहास लेख्ने लेखहरु नहुँदा अभिलेखमा सबै इतिहास उजागर हुन नसकेको बताए।
‘इतिहास लेख्नेहरुले काठमाडौंलाई मात्रै नेपाल सम्झे, देशबाहिरको अभिलेख राख्ने गरिएन’ उनले भने, ‘अब नयाँ इतिहास लेख्ने बेला आएको छ, भएका अभिलेख संकलन गर्दै पुराना कुराहरु पनि खोजी गरेर नयाँ अभिलेखमा सुरक्षित राख्न अनिवार्य छ।’
इतिहासले राष्ट्रिय स्वरुप लिन नसकेको उनको भनाइ थियो। यस्तै प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले अभिलेख नै इतिहासको जिउँदो रुप हुने बताए।
राष्ट्रिय अभिलेखालयकी प्रमुख सौचाग्य प्रधानाङ्गले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका अभिलेखहरुको संरक्षण संवद्र्धन गर्नुका साथै अध्ययन र अनुसन्धान कार्यालयलाइ अग्रसरका दिन अभिलेख महोत्सवको आयोजना गरिएको बताइन्।