पत्रकार नै बलात्कार र ठगी आरोपमा पक्राउ

पत्रकार नै बलात्कार र ठगी आरोपमा पक्राउ

दाङ: दुई करोडभन्दा बढी ठगी र बलात्कार आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका-११ उरहरी बलेगनार घर भई हाल घोराही उपमहानगरपालिका १५ मा बस्ने ४० वर्षीय महेश भनिने भुवन धिताललाई तीन महिलालाई बलात्कार गरेको र २ करोड रुपैयाँ ठगी गरेको आरोपमा दाङ प्रहरीले पक्राउ गरेको हो । 

धिताल जिल्लामा सञ्चालन हुने एक अनलाइनमा आवद्ध पत्रकार भएको पाइएको छ। बलात्कार र ठगी आरोपमा पक्राउ परेका धिताललाई दाङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो। 

जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी बलात्कार र ठगी आरोपमा पक्राउ परेका पत्रकारलाई धिताललाई सार्वजनिक गरेको हो। धिताल जयवीर मिडिया प्रालिद्वारा संचालित जलजला खबर डटकमका पत्रकार भएको प्रहरीले जनाएको छ।यसका सञ्चालन सागर वली हुन्। 

बलात्कार र ठगीको उजुरी परेपछि महेश भनेर चिनिने ४० वर्षीय भुवन भागेर नेपालगञ्जबाट काठमाडौ जान लागेको सूचनाको आधारमा उनलाई बाँके र दाङको सीमाना अमिलिया नजिकैबाट पक्राउ गरिएको दाङ प्रहरी प्रमुख बेलबहादुर पाण्डेले बताए।

पाण्डेले धितालको सम्पत्तिमा समेत छानविन गरिने बताए। नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरेर उनको र उनीसँग सम्बन्धित व्यक्तिको थप अनुसन्धान भइरहेको दाङका प्रहरी प्रमुख एसपी पाण्डेले बताए। 

धितालको साथबाट वा १५ च ७६६८ नं को सेतो फोर्ड गाडी १, भे ८ प ३९५५ नं.को होण्डा स्कुटी एक, ८२ वटा चेक चेकमा उल्लेख गरेको एक करोड उनन्सत्तरी लाख रुपैयाँ, खाली चेक २ थान, विभिन्न व्यक्तिलाई गराएका तमसुक  ३२ वटा, तमसुकमा भएको रकम एक करोड चौविस लाख, ढुकुटी खेलाएको रजिष्टर, चारवटा, खाली तमसुक, चारवटा, पत्रकार परिचय पत्र एक थान मोबाइल, २ थान, नगद अठार हजार पाँच सय रुपैयाँ, सुनको औंठी दुईवटा ब्रासलेट एक वटा, र घडी एक थान बरामत गरेको छ।

समुदायमा जाने महिलालाई ढगी गर्ने धम्काउने शारीरिक शोषण गर्ने, ढुकुढी खेलाउने, र ३६ प्रतिशत ब्याज लिने लगायतका कार्य गर्ने र कसैले केही भने पत्रकार हुँ भनि थम्काउने गरेको प्रमुख पाण्डेले बताए।

उनले धितालविरुद्ध अहिलेसम्म तीनवटा जवरजस्ती करणीको मुद्धा दर्ता भइसकेको जानकरी दिए।अदालतबाट पाँच दिनको म्याद थप भएकाले थप अनुसन्धान भइरहेको जनाए। ठगि मुद्दामा उनीलगायत ५ जनाको उजुरी परेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.