फिरोजको हत्यामा पारिवारिक कारण हुनसक्ने

फिरोजको हत्यामा पारिवारिक कारण हुनसक्ने

भैरहवा : बुधवार भारतीय नागरिक फिरोज खानको गोली हानी हत्या गरिएको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । बुटवलको मैनाबगरस्थित ज्योती इन्जिनियरिङ वर्कसपमा मिस्त्रिको रुपमा कार्यरत खानको बुधवार राति गोली हानी हत्या गरिएको थियो ।

रुपन्देहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक हृदय थापाले फिरोज खानको हत्या घटनामा सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको बताउँदै केही दिनमै परिणाम आउने दावी गरेका छन् । घटनाको अनुसन्धानमा फिरोजको हत्या उनको पारिवारिक कारण रहेको देखिएको प्रहरीले स्रोतले बताएको छ ।

‘घटनाको अनुसन्धानमा फिरोजको नजिकको व्यक्ति र उनको श्रीमतीको कनेक्सन देखिएको छ’ प्रहरी स्रोतले भन्यो । तर घटना अनुसन्धानको क्रममा नै छ, अपराधी छिट्टै पक्राउ पर्छन् ।

फिरोजको हत्याको घटनामा प्रहरीले उनको श्रीमती उपर पनि अनुसन्धान गरिरहेको बुझिएको छ । फिरोजलाई निकै नजिकबाट गोली हानिएको र घटनामा कटुवा पेस्तोलको प्रयोग भएको पाइएको छ । जुन सहजै उपलब्ध हुने हतियार हो । सरल स्वभावका ४० वर्षीय फिरोज बिहार प्रदेशको बेतियाका बासिन्दा हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.