सभापतिविरुद्ध उजुरी गर्नेलाई तरुण दलको चेतावनी
काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले पार्टीलाई कमजोर बनाउने अधिव्यक्ति र गतिविधि आफूलाई सैह्य चेतावनी दिएको छ। दलले शुक्रबार वक्तव्य जारी गर्दै पार्टीको हित र अनुशासन विपरित सभापति तथा नेतालाई आरोप लगाउनेलाई कारवाहीको माग समेत गरेको हो।
'पार्टीका सभापति तथा नेताहरूलाई आधारहिन आरोप लगाउने कार्यले पार्टीको जनआधार कमजोर बनाउँछ, यस्तो कार्य पार्टीका कुनैपनि कार्यकर्ता र तरुण दललाई सैह्य हुने छैन' वक्तव्यमा भनिएको छ,' पार्टीको अनुशासन र हित विपरित नेताहरूलाई आरोप लगाउनेलाई अनुशासनको कारवाही गर्न पार्टी सम्बद्ध निकायसँग तरुण दल जोडदार माग गर्दछ।'
सभापति शेरबहादुर देउवालाई हदैसम्मको कारबाही गर्न माग गर्दै बिहीबार कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईँले पार्टी केन्द्रीय कार्यालयमा उजुरी दिएका थिए। पार्टीको केन्द्रीय अनुशासन समितिमा बजगाइँले सभापतिले बारम्बार पार्टीको हित विपरीत काम गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका हुन्।
बजगाईँले उजुरीमा ‘सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिको प्रचुर दुरुपयोग गरेको’ आरोप लगाएका छन्। साथै उनले दोस्रो संविधान सभाको चुनावमा पहिलो पार्टी बनेको नेपाली कांग्रेसलाई पछिल्लो पटकको चुनावबाट कमजोर बनाएको आरोप समेत लगाएका छन्।
हेर्नुस्, तरुण दलकाे वक्तव्य :