अब भक्तपुरमै मोतिया विन्दुको शल्यक्रिया

अब भक्तपुरमै मोतिया विन्दुको शल्यक्रिया

भक्तपुर : अब भक्तपुरमै मोतिया विन्दु भएकाको शल्यक्रिया सुरु भएको छ। तिलगंगा आँखा प्रतिष्ठानले भक्तपुर नगरपालिकासँग सहकार्य गरेर भक्तपुरमै मोतिया विन्दुको सल्यक्रिया सेवा सुरु गरेको हो।

यस सेवासँगै आँखाको मोतियाविन्दु, जलविन्दुलगायतको सल्यक्रिया गर्न काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।

उक्त शल्यक्रियाको लागि भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा रहेको भक्तपुर सामुदायिक आँखा केन्द्रको एनेक्स भवनमा मोतियाविन्दुको अप्रेसन सुरु गरिएको हो।  उक्त एनेक्स भवनमा सुविधा सम्पन्न एवं आधुनिक अप्रेसन थिएटरको व्यवस्था गरिएको छ। त्यस्तै उक्त भवनमा पाँच शय्याको पोस्ट अपरेटिभ वार्ड रहेको छ।

बिरामीको नाम दर्ता प्रारम्भिक जाँच, अप्रेसन तयारी गर्ने, निर्मलीकरण र चिकित्सकहरुको कोठासहितको उक्त एनेक्स भवन शुक्रबार एक कार्यक्रमबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेका छन्।

एनेक्स भवन उद्घाटनपछि तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले ज्येष्ठ नागरिकहरुको मोतियाविन्दुको अप्रेसन सुरु गरेका थिए। 

शुक्रबार करिब पचास जनाको मोतिया विन्दुको अप्रेसन गरिएको भक्तपुर सामुदायिक आँखा केन्द्रका प्रमुख धिरज अधिकारीले जानकारी दिए।

उनका अनुसार शुक्रबार र शनिबार दुई गरी करिब एकसय ३० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिने बताए।
उनका अनुसार उक्त एनेक्स भवनबाट मोतिया विन्दुको सल्यक्रियासँगै  चस्माको पावर जाँच, आँखाको एक्स–रे, आँखाभित्र मासु पलाएको, परेला च्यातिएकोलगायतको उपचार हुनेछ। त्यस्तै टेढो आँखा जाँच, जलबिन्दु, मेसिनबाट चस्माको जाँच लगायतका सेवासमेत उपलब्ध गराइने उनले जानकारी दिए।

एनेक्स भवन उद्घाटन गर्दै नेमकिपाका अध्यक्ष बिजुक्छेले भक्तपुरमै आँखाका सबै किसिमको सेवाको सुरु हुनु खुसीको कुरा भएको बताए। 

त्यस्तै नेमकिपाका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले भक्तपुरमै आँखाका सबै सेवा उपलब्ध भएपछि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको धारणा राखे।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइतले प्रतिष्ठानले भक्तपुर र यस वरपरका आँखाका बिरामीको सेवाको निम्ति भक्तपुरमा सेवा विस्तार गरिएको जानकारी दिए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमै मोतियाविन्दुको सल्यक्रियाको व्यवस्थाले यहाँको आँखा उपचार सेवाले फड्को मारेको सुनाए।


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.