भारतमा फिल्मकर्मीहरुको आग्रह : लोकसभा चुनावमा भाजपालाई भोट नदेऊ !

भारतमा फिल्मकर्मीहरुको आग्रह : लोकसभा चुनावमा भाजपालाई भोट नदेऊ !

नयाँदिल्ली : एक सय भन्दा धेरै भारतीय फिल्मकर्मीहरुले विज्ञप्ति निकाल्दै सत्तारुढ दल भारतीय जनता पार्टीलाई लोकसभा चुनावमा मतदान नगर्न आग्रह गरेका छन् ।

यस्तो आग्रह गर्दै उनीहरुले विज्ञप्तिमा हस्ताक्षर समेत गरेका छन् । यसरी हस्ताक्षर गर्नेमा अधिकांश स्वतन्त्र फिल्मकर्मीहरु छन् । ‘सेभ डेमोक्रेसी’ नामक संस्थाको तर्फबाट उनीहरुले यस्तो विज्ञप्ति निकालेका हुन् ।

प्रसिद्ध फिल्मकर्मी आनन्द पटवार्धन, सनलकुमार शशिधरण, पुष्पेन्द्र सिंह, सुदेभन, भेत्राई मारन, दीपा धनराज, गुर्भिन्दर सिंह, कविर सिंह चौधरी, प्रविण मोर्छाले, अन्जली मोन्तेइरो, देवाशिस मुखर्जी लगायत फिल्मकर्मीले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

आर्टिस्ट सुनितेन्दिया डटकममार्फत हालै यस्तो विज्ञप्ति सार्वजनिक गरिएको हो । सन् २०१४ देखि नै शक्ति र सत्तामा रहेको भारतीय जनता पार्टीले झन खराब काम गरेको र मुलुकको अवस्था झन बिग्रँदैगएको भन्दै आगामी लोकसभामा उक्त पार्टीलाई मतदान नगर्न विज्ञप्तिमा आग्रह गर्रिको छ ।

आफ्नो विवेक प्रयोग गर्दै कुनै दललाई मतदान गर्न पनि उनीहरुले आग्रह गरेका छन् । दलित, मुस्लिम, अल्पसंख्यक समुदायको विरुद्धमा भारतीय जनता पार्टीले काम गर्दैआएकोले उक्त पार्टीलाई नजिताउन फिल्मकर्मीले आग्रह गरेका हुन् । सामाजिक संजालमा समेत उनीहरुले उक्त विज्ञप्तिलाई आम जनतामाझ प्रचार गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.