जनावरले टोकेमा के गर्ने ?

जनावरले टोकेमा के गर्ने ?

जनावरले टोक्दा मानिसमा विषाणु सर्छ। कुकुर वा कुनै जंगली जनावरले टोक्दा मानिसमा सर्ने विषाणुबाट हुने रोगलाई रेबिज भनिन्छ। रेबिजको विषाणुले स्नायु प्रणालीमा असर गर्छ। र्‍यालबाट विषाणु सर्छ। नेपालमा गत वर्ष रेबिजबाट ३२ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। कुकुर, बिरालो, न्याउरीमुसा, स्याल, ब्वाँसो, फ्याउरो र अन्य मांसाहारी जनावरको टोकाइबाट रेबिज सर्छ।

के गर्ने

· घाउलाई तुरुन्तै साबुन पानीले राम्ररी सफा गर्ने

· १०–१५ मिनेट साबुन पानीले राम्ररी सफा गर्ने

· साबुन नपाइए पानीले मात्रै भए पनि पखाल्ने

· थप उपचारका लागि स्वास्थ्य केन्द्रमा जाने

के नगर्ने

· खुर्सानीको धुलो जस्ता चहर्‍याउने कुरा घाउमा नहाल्ने

· बोटबिरुवाको पात वा मुन्टाको रस प्रयोग नगर्ने

· ड्रेसिङ वा ब्यान्डेज गर्ने कपडाले घाउ नढाक्ने

उपचार

· रेबिज इम्युनोग्लोबुलिनको सुइ लगाएर मात्र टाँका लगाउनु पर्छ।

· घाउको टाँका खुला हुनु पर्छ।

· रेबिज लागेको वा शंकास्पद जनावरले टोके रेबिजको खोप अनिवार्य लगाउनु पर्छ।

· टोकाइले छालामा चोटपटक लागेको वा रगत बगिरहे खोप आवश्यक पर्छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.