भारतमा चोरी गरेको आरोपमा बैतडीबाट पक्राउ

भारतमा चोरी गरेको आरोपमा बैतडीबाट पक्राउ

बैतडी : भारतको राजस्थानबाट चोरी गरेर फरार रहेको आरोपमा बैतडीबाट एकजना पक्राउ परेका छन्। 

भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका ४ घर भएका ३२ वर्षीय निरजबहादुर चन्दलाई शुक्रबार साँझ घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी बैतडीले जनाएको छ। 

बैतडीका प्रहरी प्रमुख नायव उपरीक्षक नेत्रमणि गिरीका अनुसार भारतस्थित नेपाली दूतावासले पत्राचार गरेपछि चन्द घरबाटै पक्राउ परेका हुन्। 

चन्दलाई १५ लाख रुपैयाँ भारु चोरेर ल्याएको आरोप लागेको छ। बैतडी प्रहरीसँगको प्रारम्भिक बयानमा उनले १४ लाख भारु चोरी गरेको स्वीकार गरेका छन्। 

चन्द भारतको राजस्थानका राजेश गुप्ताको घरमा काम गर्दै आएका थिए। चोरेर ल्याएको रकममध्ये डेढ लाखमात्रै नगद फेला परेको र अरु रकम कैलालीमा बुझाएको खुलेको छ। 

अहिले उनलाई कैलाली प्रहरी समक्ष पठाइएको छ। कैलालीमा चन्दले कसलाई पैसा बुझाए भन्ने खुलेको छैन। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.