प्लास्टिकको घर वितरण

प्लास्टिकको घर वितरण

कालिकोट : तिलागुफा नगरपालिकाले सुनौला हजार दिनका आमाहरूलाई वेमौसमी तरकारी उत्पादनमा प्रेरित गर्न प्लास्टिक घर वितरण गरिएको छ। नगरपालिकाको कृषि विकास शाखाले कुपोषण समस्यालाई न्यूनीकरण गर्न सुनौला हजार दिनका आमालाई प्लास्टिक घर वितरण गरेको हो।

नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको घरमा करेसाबारी स्थापना तथा वेमौसमी तरकारीखेती गर्न सहज होस् भन्ने उद्देश्यका साथ प्लास्टिक घर वितरण गरिएको कृषि प्राविधिक निराजन पाण्डेले जानकारी दिए। उनले नगरपालिकाभित्र रहेका २२ जना सुनौला हजार दिनका आमालाई एकदिने प्लास्टिक घर निर्माणसम्बन्धी अभिमुखीकरणसहित प्रत्येकलाई एक÷एक वटा प्लास्टिक घर वितरण गरिएको बताए।

हरेक सुनौला हजार दिनका आमालाई प्लास्टिक घरसहित, काउली, बन्दा, कांक्रा, गाँजर, मुलालगायत तरकारीको बीउसमेत प्रदान गरिएको छ। तरकारीका रूपमा प्रयोग गर्न सकिने, तराई तथा मध्य पहाडमा उत्पादन हुने तर कालिकोटमा नचिनिएको बाली शितल चिनीको बीउ पनि लक्षित आमालाई उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।

जसको पात, काण्ड, फल र जरा समेत तरकारीका रूपमा प्रयोग गर्न सकिन्छ। यसको प्रयोगबाट मधुमेह, एचआईभीलगायत रोग न्यूनीकरणका साथै यसलाई निकै पोसिलो तरकारी मानिन्छ। तिलागुफा नगरपालिका उप–प्रमुख दर्शना नेपालीले गाउँमा मौसममा मात्रै तरकारीखेती हुने र वेमौसममा गर्भवती तथा सुत्केरीले पोषण अभाव झेल्नुपर्ने भएकाले वेमौसमी तरकारी खेती गराउन प्लास्टिक घर र आवश्यक बीउ सहयोग गरिएको बताइन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.