सीमा बन्द गर्ने ट्रम्पको चेतावनी

सीमा बन्द गर्ने ट्रम्पको चेतावनी

पाल्मविच : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई नरोके मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्ने चेतावनी दिएका छन्। सीमा बन्द गरिए आवतजावत अवरुद्ध हुनुका साथै अर्बौं डलरले व्यापार खर्च बढ्नेछ।

मेक्सिकोको नाका भएर अमेरिका छिर्ने आप्रवासीहरूको संख्या बढ्दा ट्रम्पको पछिल्लो चेतावनी आएको हो।

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानवेल लोपेस ओर्बयादोरले यो विषयलाई लिएर आफू मुठभेडको स्थितिमा नफस्ने स्पष्ट पारेका छन्। विदेशमन्त्री मार्सेलो एब्रार्दले मेक्सिको अमेरिकाको ठूलो छिमेकी भएको र चेतावनीका आधारमा कदम नचाल्ने भन्दै शनिबार ट्विट गरेका छन्। सञ्चारकर्मीसँगको कुराकानीमा ट्रम्पले भने, ‘अर्को हप्ता मैले सीमा बन्द गराउँछु जस्तो देखिन्छ र त्यसो गर्दा मलाई कुनै समस्या हुनेछैन।’ उनले आफूले गम्भीर भएर यस विषयमा बोल्दै आएको पनि स्मरण गराए।

ट्रम्पले मेक्सिकोसँगको सीमामा कडाइ गर्न दुई वर्षदेखि विभिन्न प्रयास गर्दै आएका छन्। उनले सीमामा पर्खाल बनाउन कंग्रेससँग रकम माग गरेका छन्। यद्यपि कंग्रेसले ट्रम्पको प्रयासमा व्यवधान गर्दै आएको छ। विपक्षी डेमोक्र्याट सांसदले ट्रम्पको प्रस्ताव असफल पार्दै आएका छन्। यसै विषयमा विवाद बढेपछि ट्रम्पले रकम निकासा नगरिँदा संघीय कार्यालय दुईपटकसम्म बन्द भएका छन्। पछिल्लोपटक रकम अभावमा पाँच सातासम्म अमेरिकी संघीय कार्यालय बन्द भएका थिए।

अमेरिका छिर्न खोज्ने मानिसहरूलाई रोक्ने काम सजिलो भए पनि मेक्सिकोले त्यसो नगरेको ट्रम्पको तर्क छ। त्यसपछि उक्त विषयमा ट्रम्पले शृंखलाबद्ध ट्विट गरे त्यसमा उनले लागूऔषध तस्करी नियन्त्रणमा रकम खर्चिनुभन्दा सीमा बन्द गर्नु राम्रो हुने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.