पढाइमा अब्बल थिए रोनाल्डो

पढाइमा अब्बल थिए रोनाल्डो

भाइबहिनी हो, तिमीहरूले क्रिस्टियानो रोनाल्डोको नाम सुनैकै हौला । रोनाल्डोको पूरा नाम क्रिस्टियानो रोनाल्डो डस सान्तोस हो । उनी सबैभन्दा चर्चित र धेरै कमाउने फुटबल खेलाडी हुन् । उनको जन्म ५ फेब्रुअरी १९८५ मा पोर्चुगलको फन्चल, म्याडेइराको एक बस्तीमा भएको हो । आमा मारिया डोलोरेस डस सान्तोस अभेइरो र पिता होजे डिनिस अभेइरोका कान्छा सन्तान हुन् उनी । रोनाल्डोका एक दाइ र दुई दिदी छन् । उनका बुवा होजे डिनिस अभेइरो नगरपालिकाको माली थिए भने आमा कुकको काम गर्थिन् ।

रोनाल्डो पढाइमा निकै अब्बल थिए । तर एउटा रोचक कुरा के छ भने, एकपटक रोनाल्डोले शिक्षकलाई कुर्सीले हानेका कारण उनी स्कुलबाट निकालिएका थिए । उनलाई आमाले फुटबल खेल्न प्रेरित गर्थिन् । उनले त्यतिबेला आमालाई म सम्पूर्ण ध्यान फुटबलमा केन्द्रित गर्नेछु भन्दै फुटबल सुरु गरेका थिए ।

सन् १९९५ मा स्पोर्टिङ सिपीबाट क्लब खेल जीवन आरम्भ गरेका रोनाल्डोले आफ्नो उत्पादनशील समय म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडमा बिताए ।पोर्चुगलको राष्ट्रिय फुटबल टिमको युवा समूहबाट रोनाल्डोले सन् २००१ मा खेल्न थाले । उनले १४ वर्षकै उमेरमा व्यावसायिक खेल सुरु गरेका हुन् ।

उनले १५ वर्षमुनिको उमेरसमूह, १७ वर्षमुनिको उमेरसमूह, २० वर्षमुनिको उमेरसमूह, २१ वर्षमुनिको उमेरसमूह र २३ वर्षमुनिको उमेरसमूहमा जम्मा ३४ खेल खेलेर १८ गोल गर्न सफल भएका थिए । रोनाल्डो १६ वर्षको हुँदा उनको ड्रिबलिङ क्षमताबाट प्रभावित भएर स्पोर्टिङ सिपीका प्रशिक्षकले उनलाई युवा टिमबाट मुख्य टिममा बढुवा गरेका थिए । उनले एकै सिजनमा क्लबको १६ वर्षमुनिको उमेरसमूह, १७ वर्षमुनिको उमेरसमूह, १८ वर्षमुनिको उमेरसमूह, बी टिम र मुख्य टिमबाट खेल्ने पहिलो खेलाडी बन्न सफल भएका थिए ।

उनले २००३ अगस्ट २० मा १८ वर्षको उमेरमा आफ्नो राष्ट्रिय टोलीको लागि पहिलो खेल काजकिस्तानविरुद्ध खेलेका थिए । उक्त खेल पोर्चुगलले १–० ले जितेको थियो ।

पोर्चुगलमै भएको यूईएफए युरोकप २००४ को समूह चरणको खेलमा ग्रिसविरुद्ध राष्ट्रिय टोलीका लागि पहिलो गोल उनले गरे । उक्त खेलमा पोर्चुगल २–१ ले पराजित भएको थियो । सन् २००६ को विश्वकप छनोटको युरोपियन खेलमा उनले सात गोल गरेका थिए । उनी दोस्रो सर्वाधिक गोलकर्ता घोषित भएका थिए । २००६ को विश्वकपमा उनले आफ्नो पहिलो विश्वकप गोल इरानसँगको समूह चरणको खेलमा पेनाल्टीमार्फत गरेका थिए ।

उनी चारपटक युरोपियन गोल्डेन बुट जित्ने पहिलो खेलाडी पनि हुन् । सन् २०१५ मा आफ्नो खेल वनको ५०० औं गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ६ सयभन्दा धेरै गोल गरिसकेका छन् ।

उनीलाई विश्व फुटबलका सबैभन्दा महान् खेलाडीहरूमध्येका एक मानिन्छ । उनलाई सन् २०१५ मा पोर्चुगलको फुटबल संघद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान् खेलाडी घोषणा गरिएको थियो । रोनाल्डोले पोर्चुगल राष्ट्रिय फुटबल टोलीबाट सात प्रमुख प्रतियोगिताहरू खेल्दै देशलाई पहिलो प्रमुख अन्तर्राष्ट्रिय उपाधिको रूपमा यूईएफए युरो २०१६ जिताए । उनी पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनलाई सन् २०१६ र २०१७ मा ईएसपीएन र फोर्बसले क्रमशः सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेका थिए ।

सन् २००७ फेब्रुअरी ६ मा ब्राजिलसँगको मैत्रीपूर्ण खेलमा रोनाल्डोले पहिलोपल्ट पोर्चुगलको कप्तानी गरेका थिए । त्यतिबेला उनी २३ वर्षका थिए । यूईएफए युरोकप २००८ को पूर्वसन्ध्यामा रोनाल्डोलाई राष्ट्रिय टोलीमा पहिलोपटक ७ नम्बरको जर्सी दिइयो ।

त्यस्तै पोर्चुगलको राष्ट्रिय टोलीबाट युरोकप जितेका रोनाल्डोको नाममा पोर्चुगल, युरोप, र विश्व फुटबलमा विभिन्न कीर्तिमानहरू कायम गरिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.