पार्टीलाई होइन, विप्लवको अराजकतामाथि प्रतिबन्ध : प्रधानमन्त्री ओली

पार्टीलाई होइन, विप्लवको अराजकतामाथि प्रतिबन्ध : प्रधानमन्त्री ओली

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै राजनीतिक पार्टीलाई प्रतिबन्ध नलगाएको दाबी गरेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमाथिको प्रतिबन्धका विषयमा आइतबार विराटनगर विमानस्थलमा बोल्दै ओलीले यस्तो दाबी गरेका हुन्। 

‘विप्लव नेतृत्वको समूह कतै दर्ता भएको छैन’, ओलीले भने, ‘संवैधानिक पार्टी नभएकाले उसका अराजक गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो।’ उनले विप्लवमाथिको प्रतिबन्धलाई पार्टीमाथिको प्रतिबन्धका रुपमा नलिन सबैलाई आग्रह गरे।

संवैधानिक निकायमा कांग्रेससँग भागबन्डा हुँदैन

प्रधानमन्त्री ओलीले संवैधानिक निकायको नियुिक्तमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भागबन्डा खोजेको भन्दै अब त्यो नमिल्ने बताएका छन्। 

प्रदेश १ मा आयोजित विभिन्न कार्यक्रममा भाग लिन आइतबार विराटनगर आइपुगेका प्रधानमन्त्री ओलीले मुलुकमा अब कुनैपनि कार्यमा भागबन्डा नहुने प्रष्ट पारेका हुन्। 

‘औचित्य र गुण, दोषका आधारमा कसैलाई कुनै निकायको जिम्मेवारी दिन सकिन्छ,’ उनले भने, ‘तर, अब भागबन्डा हुँदैन।’

मुलुक विकासको सकारात्मक बाटोमा अघि बढेको उनको दाबी छ। ‘मुलुक सकारात्मक गतिका साथ विकासको बाटोमा अघि बढिसकेको छ,’ उनले भने, ‘गएको वर्षलाई सरकारले आधार वर्ष मानेको र आधार वर्षमासमेत ८ प्रतिशतको वृद्धि हुनु सकारात्मक हो।’ 

चैतभित्र कानुन निर्माणको काम सकिने र त्यसपछि राज्यको सम्पूर्ण शक्ति विकासमा लगाउने उनको भनाइ छ। सरकारले गरेको लगानी सम्मेलन सफल भएको उनले दाबी गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.