हावाहुरीपछि प्रधानमन्त्रीको तेस्रो ट्‍विट : 'मौसमले साथ दिए नाइट भिजनबाट तत्काल उद्दार'

हावाहुरीपछि प्रधानमन्त्रीको तेस्रो ट्‍विट : 'मौसमले साथ दिए नाइट भिजनबाट तत्काल उद्दार'

काठमाडौं : आइतबार साँझ आएको हावाहुरीमा ठूलो जनधनको क्षति भएको छ। बारा र पर्साबाट प्राप्त जानकारी अनुसार २५ भन्दा बढीको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्।

भोलि बिहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन्। 'मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा नाइट भिजन हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको' प्रधानमन्त्रीले जनाएका छन्।  

'भोलि बिहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा "नाईट भिजन" हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। सुरक्षाकर्मीसंगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु', प्रधानमन्त्रीले हावाहुरीपछि गरेको तेस्रो ट्‍विटमा भनेका छन्।

घाइतेहरूलाई अस्पताल लगिएको जानकारी पनि आएको छ। उपचार हुँदै गरेका फोटोहरू हाम्रा सम्वाददाताहरूले पठाएका छन्। हामीलाई प्राप्त फोटोहरूमा घाइतेहरूलाई अस्पतालको भुइँमा राखेर प्राथमिक उपचार गरिँदै गरेको देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.