एक वर्षमा १५ प्रतिशतले बढे ब्रोडब्याण्ड प्रयोगकर्ता

एक वर्षमा १५ प्रतिशतले बढे ब्रोडब्याण्ड प्रयोगकर्ता

काठमाडौं : एक वर्षमा ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या १५ प्रतिशत वृद्धि भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको माघको तथ्यांकअनुसार गत वर्षको तुलनामा ब्रोडब्यान्ड प्रयोगकर्ता १४.७५ प्रतिशत वृद्धि भएका छन्।

प्राधिकरणले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार नेपालमा इन्टरनेटको पहुँच ५८.७७ प्रतिशत जनसंख्यामा पुगेको छ। अर्थात् एक करोड ७२ लाख १५ हजारभन्दा बढी मानिस इन्टरनेटमा जोडिएका छन्।

अघिल्लो आवको माघमा ४४.०२ प्रतिशत ब्रोडब्यान्ड कनेक्सनको पहुँच थियो। त्यसमा दोहोरो अंकको वृद्धि हुँदै ५८.७७ प्रतिशतको वृद्धि भएको उल्लेख छ। ब्रोडब्यान्ड पहुँचको तथ्यांक हेर्दा विगत एक वर्षमा निरन्तर वृद्धि भइरहेको देखिन्छ। चालु आवको माघमा पुसको तुलनामा मात्रै पनि २ प्रतिशतभन्दा बढीको वृद्धि छ। 

दूरसञ्चार प्राधिकरणले २०६६ साल साउनमा तयार पारेको प्रतिवेदनअनुसार उक्त समयमा नेपालको कुल जनसंख्याको १.९ प्रतिशत मानिस इन्टरनेट पहुँचमा थिए। तर अहिले हरेक महिना थप एक प्रतिशत इन्टरनेटमा जोडिँदै गएको तथ्यांकले देखाएको छ।

ब्रोडब्यान्ड आधारमा सबैभन्दा धेरै पहुँच मोबाइल ब्रोडब्यान्डमार्फत भएको देखिन्छ। कुल पहुँचको ४५.८५ प्रतिशत मोबाइल ब्रोडब्यान्ड सेवाले ओगटेको छ। फिक्स वायर्डको पुहँच ११.९६ प्रतिशत जनसंख्यामा पुगेको छ। फिक्स वायरलेसको पहुँच १.२३ प्रतिशत जनसंख्यामा रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। यो हिसाबले हेर्ने हो भने मोबाइल ब्रोडब्यान्ड सेवाले कुल पहुँचको ७८ प्रतिशत बजार हिस्सा ओगटेको छ। 

फिक्स वायरतर्फ २० प्रतिशत बजार हिस्सा छ। फिक्स्ड वायरलेसतर्फ केबल २ प्रतिशत बजार हिस्सा छ। कम्पनीहरूका आधारमा हेर्दा ब्रोडब्यान्ड प्रयोगकर्ता सबैभन्दा धेरै नेपाल टेलिकमका छन्। सबैभन्दा धेरै प्रयोगकर्ता भएको नेपाल टेलिकमका ६१ लाख ३३ हजार बढी ग्राहकले थ्रीजी प्रयोग गर्दछन् भने फोरजी मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या सात लाख ११ हजारभन्दा बढी छ। यस्तै एनसेलका थ्रीजी प्रयोगकर्ताको संख्या ४५ लाख ७६ हजारभन्दा बढी देखिन्छ। फोरजी प्रयोगकर्ताको संख्या १६ लाख ७२ हजारभन्दा बढी छ।

स्मार्ट टेलिकमले फोरजी सेवा मात्र प्रदान गरिरहेको छ। उसको फोरजी प्रयोगकर्ता संख्या एक लाख १९ हजार फोरजी मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता रहेको देखिन्छ। प्रतिवेदनअनुसार थ्रीजी सेवा प्रयोगकर्ताको कुल संख्या एक करोड सात लाख १० हजारभन्दा बढी छ। फोरजी सेवा प्रयोगकर्ताको संख्या २५ लाख तीन हजार छ। 

हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक बन्दै गएकाले यो रूपमा इन्टरनेट प्रयोगकर्ताको संख्यामा वृद्धि भएको प्राधिकरण प्रवक्ता मीनप्रसाद अर्यालले बताएका छन्। ‘पछिल्लो सयम इन्टरनेटको उपयोगिता बढ्दै गएको छ’, अर्याल भन्छन्, ‘शिक्षा, स्वास्थ्य, सरकारी कार्यालयका साथै निजी क्षेत्रमा इन्टरनेटको प्रयोग बढेको छ। यसको कारण इन्टरनेटको पहुँचमा दु्रत गतिमा वृद्धि हुँदै गएको हो।’ 

अर्को मोवाइल ब्रोडब्यान्डमा पनि विकास भइरहेको छ। द्रुतगतिको फोरजी सेवाको पहुँच बढेको छ। अर्कोतर्फ ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गरी गाउँगाउँमा इन्टरनेट सेवा विस्तार गर्ने काम भइरहेको छ। त्यसले पनि ब्रोडब्यान्डको पहुँचमा ठूलो मद्दत पुगको अर्याल बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.