नयाँ वर्षमा सिजीको उपहार योजना
काठमाडौं : नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्रान्ड सिजीले यसपालिको नयाँ वर्षलाई लक्षित गर्दै ‘नयाँ वर्ष, नयाँ प्रविधि’ नामक नयाँ उपहार योजना ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले सिजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स सामानको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८ प्रतिशत सम्मको आकर्षक बचत (क्यासब्याक) तथा अन्य विभिन्न पक्का उपहार प्राप्त गर्नेछन्।
ग्राहकले सिजी ब्रान्डका टेलिभिजनको खरिदमा तीन वर्षसम्मको वारेन्टी तथा २८ प्रतिशतसम्मको बचत प्राप्त गर्न सक्नेछन्। रेफ्रिजेरेटरको खरिदमा ६० महिनाको वारेन्टी र २८ प्रतिशतसम्मको बचत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ब्रान्डका विभिन्न वासिङ मेसिनको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा वाटर प्यूरिफायर प्राप्त गर्न सकिने छ।
सिजी ब्राण्डका थुप्रै इलेक्ट्रोनिक्स प्रोडक्टमा पनि यस्तै आकर्षक पक्का उपहार रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो योजना सोमबारदेखि देशभर सीमित अवधिका लागि लागू गरिएको छ।