बिउ प्रमाणीकरणपछि आलुको उत्पादन दोब्बर

बिउ प्रमाणीकरणपछि आलुको उत्पादन दोब्बर

पोखरा : पोखरामा प्रमाणीकरण गरेको आलुको नयाँ बिउको प्रयोगबाट उत्पादनमा दोब्बर वृद्धि भएको छ। पोखरा महानगरपालिकाले काभ्रेबाट ल्याएको स्रोत बिउ प्रमाणीकरण गरेर किसानलाई बिउ उपलब्ध गराएको हो।

तन्तु प्रजनन् विधिबाट निकालिएको मूल बिउको पुस्ता प्रयोग गरी लगाइएको आलुको उत्पादनमा पुरानो एमएस बयालीस ३ (नीलो) आलुभन्दा दोब्बर बढी उत्पादन भएको पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनोहर कडेरियाले जानकारी दिए। उक्त आलु १५ मेट्रिक टन प्रतिहेक्टर उत्पादन हँुदै आएकोमा तन्तु प्रजनन् विधिबाट निकालिएको मूल बिउ पुस्ता प्रयोग गर्दा ३५ मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको पाइएको उनले जानकारी दिए।

महानगरले ३० हजार केजी आलुको बिउ प्रमाणीकरण गरेको हो। महानगरमा करिब १२ सय हेक्टरमा आलु खेती हुँदै आएको छ। हेम्जा, लेखनाथ, ठूलाखेत, अर्मलामा आलुको खेती राम्रो उत्पादन हुन्छ। महानगरमा करिब १४ हजार टन आलु उत्पादन हुने गरेको कडेरियाले बताए।

कास्कीमा १६ सय हेक्टरमा आलु खेती हँुदै आएको छ। पोखरामा एरिया कभरेजका हिसाबले सबैभन्दा धेरै आलु उत्पादन हेम्जामा हुन्छ। हेम्जामा ४ सय हेक्टरमा ५ हजार मेट्रिक टन आलु उत्पादन हुने उनले सुनाए। पुरानो आलुको बिउबाट उत्पादन सन्तोषजनक नभएपछि महानगरपालिकाले काभ्रेबाट ल्याएर नयाँ बिउ उत्पादन गरेको हो। आलु उत्पादनमा नयाँ बिउ प्रयोगसँगै महानगरपालिकाले आलुको ब्रान्डिङसमेत गर्ने भएको छ। महानगरपालिकाले प्रमाणीकरण गरेको बिउ राख्न किसानलाई ५ सय ट्याग लगाएको बोरा उपलब्ध गराएको हो। कोल्ड स्टोरमा आलुको बिउ राख्न किसान समूहलाई ५० प्रतिशत छुटको समेत व्यवस्था गरेको उनले सुनाए। आलु उत्पादनमा वृद्धिका लागि समूहमा लागेका किसानलाई बिउ कोष भनेर दुई लाखसम्म अनुदान दिने व्यवस्था गरेको छ।

हेम्जामा चैत २२ देखि आलु महोत्सव

आलु उत्पादनको पकेट क्षेत्र पोखराको हेम्जामा चैत २२ देखि वैशाख १ गतेसम्म आलु महोत्सव हुने भएको छ। किसानले उत्पादन गरेको आलु र तरकारी घरआँगनबाट बिक्री गर्ने उद्देश्यले दसौं आलु महोत्सवको तयारी गरिएको आयोजक विष्णु पादुका क्लबका अध्यक्ष कृष्ण खड्काले बताए।

महोत्सवमा प्रतिकेजी ३२ रुपैयाँमा आलु बिक्री गरिने खड्काले बताए। महोत्सवमा सहभागीलाई आकर्षण गर्न आलु थुपारेर आलुको पहाड नै बनाइने छ भने अन्य ताजा तरकारीको पनि प्रदर्शनी गरिने छ। महोत्सवमा आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारको प्रस्तुति, च्याउ कफी, चिया बिक्री एवं प्रदर्शनी, विभिन्न कृषि बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी गरिएको क्लबले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.