लगानी सम्मेलनका उपलब्धि

लगानी सम्मेलनका उपलब्धि

 

मुलुकमा लगानी भिœयाउने उद्देश्यसहित आयोजित सम्मेलन सकिएको छ। सम्मेलनमा विदेशी, गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको उल्लेख्य सहभागितामा रह्यो। जसरी परियोजनाहरू अघि सार्दै उत्साहजनक ढंगले सम्मेलन गरियो, अपेक्षाअनुरूप लगानीकर्ताबाट लगानीको वचनबद्धता आएन। लगानी सम्मेलन लक्षित गरी प्रदर्शनीमा राखिएबाहेक केही परियोजनामा समेत गरी १५ आयोजनामा लगानी गर्ने समझदारी भएको छ।

लगानी सम्मेलनमा सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ आयोजना प्रदर्शनीमा थिए। सार्वजनिक र निजी क्षेत्रबाट ३४ खर्ब ६८ अर्ब रुपैयाँ लागतका आयोजना प्रस्तुत भएको थियो। सम्मेलनमा व्यक्त आशयका आधारमा कति अवधिमा स्वदेशी र विदेशी लगानी थपिनेछ भन्ने सम्बन्धमा लगानी बोर्डले औपचारिक जानकारी दिएको छैन। दुई वर्षअघिको लगानी सम्मेलनमा साढे १३ खर्ब ७० अर्ब रुपैयाँबराबर आशय व्यक्त भएको थियो। तर जम्माजम्मी दुई खर्ब ८० अर्बबराबरको लगानी भित्रिने क्रममा रहेको जानकारी प्राप्त भएको छ।

आशय या प्रतिबद्धताले मात्र लगानी भित्रिने होइन। लगानी भिœयाउन सरकारले इच्छुक र सम्भावित लगानीकर्तासँग सम्पर्क बढाउने, लगानी सम्मेलनमा आएर इच्छा व्यक्त गरेका लगानीकर्तासँग ‘फलो–अप’ र वार्ता जारी राख्ने क्रमलाई निरन्तरता दिनुपर्छ। लगानीकर्ताले लगानीको संरक्षण र प्रतिफललाई पहिलो प्राथमिकतामा राख्छन्। त्यसका अतिरिक्त लगानीकर्ता झमेलारहित ठाउ“ खोज्छन्।

लगानी संरक्षण तथा लगानीकर्तालाई सहजीकरण गर्न सरकारी तहमा व्यक्त प्रतिबद्धता कार्यान्वयनका क्रममा देखिनुपर्छ। सम्मेलनमार्फत तत्काल ठूलो प्रतिबद्धता नआए पनि यसले नेपाल विदेशी लगानीलाई स्वागत गर्न आतुर रहेको सन्देश पु¥याएको छ। यसले सरकारलाई व्यवसाय गर्दा आउने झन्झट कम गर्न, सार्वजनिक सेवा र पूर्वाधारको गुणस्तर सुधार गर्न तथा नियामकीय र कार्यशैलीगत सुधारहरूलाई जारी राख्न दबाब दिएको हो।

लगानीकर्तालाई राम्रो प्रतिफलको सुनिश्चितता दिन सके लगानी नभित्रिने होइन। किनभने विश्वभर विदेशी लगानी आफ्नोमा तान्ने प्रतिस्पर्धा चलेको छ। तीव्र आर्थिक विकासका लागि उत्पादनमूलक उद्योग र पूर्वाधारमा हामीलाई ठूलो लगानी चाहिएको छ। हाम्रा बैंक तथा वित्तीय संस्थाहरूबाट हरेक वर्ष परिचालन हुने ५ सय अर्ब रुपैयाँ हाराहारीको कर्जा र सरकारको विकास खर्चले मात्र हाम्रो लगानीको आवश्यकता पूरा गर्दैन।

एकातिर भौतिक पूर्वाधारको ठूलो खाडल छ भने बैंक तथा वित्तीय संस्थाबाट परिचालन हुने कर्जा सबै उत्पादनमूलक क्षेत्रमा जाने होइन। जसले गर्दा लगानीको आवश्यकता पूर्ति गर्न हामीलाई विदेशी ऋण चाहिएको हो।

एकातिर स्वदेशी लगानीकर्ताबाट मागअनुसारको ऋण नेपाली बैंक वित्तीय संस्थाले दिन नसक्ने स्थिति छ। लगानी सम्मेलनका क्रममा केही विदेशी लगानीका आयोजनाले आफ्नो देशबाट स्वपुँजी ल्याएर कर्जाको केही अंशमध्ये आन्तरिक वित्तीय बजारबाट समेत लिने घोषणाले स्वदेशी लगानीकर्ताका लागि व्यवसाय गर्न उपलब्ध हुने पुँजी अझै साँघुरिनेछ।

हामीले विदेशी लगानी भिœयाउने भनेको विदेशी लगानीकर्ताले सँगै स्वपुँजी, प्रविधि, ज्ञान र विदेशबाट ऋणसमेत लिएर आउँछन् भनेर हो। विदेशी लगानीका परियोजनालाई स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट भन्दा बाहिरबाटै पुँजी ल्याउन प्रोत्साहित गर्नुपर्छ। केही स्वपुँजी लिएर आउने विदेशी लगानीकर्ताका लागि आन्तरिक वित्तीय बजारबाट प्राप्त हुने कर्जा पनि महŒवपूर्ण हो। तर विगत केही वर्षदेखि पुनरावृत्ति भइरहेको कर्जायोग्य रकम अभावले ठूला परियोजनाका लागि ऋण दिने क्षमता हामी राख्दैनौं।

लगानीका लागि राजनीतिक स्थायित्व र सरकारले सुरक्षा दिने प्रतिबद्धता लगानी ल्याउने प्रमुख आधार त हुँदै हो। यसबाहेक, सरल र सहज कानुन, लगानीको वातावरण, बजारको आकार, बृहत् आर्थिक स्थायित्व तथा विदेशी मुद्रा सञ्चिति, दक्ष र सीपयुक्त जनशक्तिको उपलब्धता, गुणस्तरीय भौतिक पूर्वाधार, औचित्यपूर्ण करका दरहरू, असल श्रम सम्बन्ध पनि महŒवपूर्ण हुन्छन्। लगानी भिœयाउन अत्यावश्यक यी पक्षमा क्रमशः सुधार गर्दै लगानी आकर्षण गर्न सकिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.