हुरीको बितण्डाले बारा शोकमा, निरीक्षण गर्न प्रधानमन्त्री आउँदै

हुरीको बितण्डाले बारा शोकमा, निरीक्षण गर्न प्रधानमन्त्री आउँदै

बारा : प्रधानमन्त्री केपी शर्मा ओली हुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न बारा आउने भएका छन्। गृह जिल्ला झापाको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी प्रधानमन्त्री ओलो बारा आउन लागेका हुन्। प्रधानमन्त्री ओली दिउँसो १२ बजे सिमरा आइपुग्ने कार्यक्रम रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। हेलिकप्टरबाट सिमरा बिमानस्थल आएर प्रधानमन्त्री ओली गाडी चढेर प्रभावित क्षेत्र जानेछन्। सिमराबाट प्रभावित क्षेत्र करिब २५ किलोमिटर टाढा छ। 

हुरीले बितण्डाता मच्चाएको फेटा गाउँपालिकाको भलुही भरवलिया, पुरैनिया, प्रसौनीलगायतको क्षेत्रमा प्रधानमन्त्री ओलीले निरीक्षण गर्ने र पीडित परिवारसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री ओलीसँग मन्त्रीमण्डलका अन्य सदस्य पनि बारा आउन लागेको बुझिएको छ। 

यसैगरी प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत पनि हुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न जनकपुरबाट बारा आउन लागेका छन्। सोमबार बिहान प्रदेश मन्त्रीपरिषदको बैठक सकेर मुख्यमन्त्री राउत बाराका लागि हिँडेको बुझिएको छ। 

प्रदेश मन्त्रीपरिषदले हुरीका कारण मृत्यु भएका प्रत्येक परिवारलाई तीन लाखका दरले राहत उलपब्ध गराउने र सबै घाइतेको उद्धार गर्ने निर्णय गरेको छ। यसैगरी प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय राहत उद्धार समिति गठन गरेको छ। 

प्रभावित क्षेत्रमा निरीक्षण गर्न भौतिक पूर्वाधार तथा विकास मन्त्री जीतेन्द्र सोनलसहित प्रदेश सरकारका सबै मन्त्री बारा आउन लागेको बुझिएको छ।यसैगरी प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेल पनि प्रभावित क्षेत्रको निरीक्षण गर्न बारा आएका छन्।राहत लिएर आउँदै धुर्मुस कलाकार सिताराम कट्टेल हुरी प्रभावित क्षेत्रका पीडितलाई राहत उलपब्ध गराउन बारा आएका छन्।

हुरीले बितण्डा मच्चाएर थुप्रै जनधनको क्षति र परिवार घरविहीन भएपछि धुर्मुस राहत लिएर बारा आएका हुन्। घर भत्किएर बिचल्लीमा परेका नागरिकलाई खाना, पानी र त्रिपाल लिएर प्रभावित क्षेत्र जान लागेको धुर्मुसले बताए। 

रगत र राहत संकलन हुँदै

हुरीले मच्चाएको बितण्डाका घाइतेको उपचारका लागि रगत अभाव भएपछि बारा, पर्सा, रौतहटलगायतका जिल्ला रक्तदान कार्यक्रम भइरहेको छ। कलैया र वीरगन्जका अस्पतालमा उपचार भइरहेका घाइतेलाई रगत अभाव देखिएपछि रगत संकलन अभियान सुरु भएको हो।यसैगरी प्रभावित क्षेत्रका नागरिकलाई वितरण गर्न बारा र पर्साका विभिन्न स्थानमा राहत संकलन भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.