उद्धार, राहतमा खटिन कार्यकर्तालाई शीर्ष नेताको निर्देशन

उद्धार, राहतमा खटिन कार्यकर्तालाई शीर्ष नेताको निर्देशन

काठमाडौं : प्रदेश-२को बारा, पर्सा जिल्लामा  आइतबारको  हावा-हुरीमा परी घाइते भएकाहरूको सहायता र उद्धारमा खटिन शीर्ष नेताहरूने आफ्ना नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्।

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्ता र शुवेच्छुकहरुलाई उद्दार र राहतमा खटिन निर्देशन दिएका छन्। हावाहुरीका कारणा ज्यान गुमाउनेप्रति देउबाले वक्तव्यमार्फत श्रदाञ्जली व्यक्त गरेका छन् 'बारा, पर्सालगायत तराईका विभिन्न क्षेत्रमा आएको भीषण हावाहुरीका कारण ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दछु' देउवाको वक्तव्यमा भनिएको छ, 'घाइतेहरुको उपचार तदारुकताका साथ गर्न सरकारलाई आग्रह गर्दछु। साथै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र शुवेच्छुकहरुलाई उद्दार र राहतमा खटिन निर्देशन गर्दछु।'

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले पनि घाइतेको उद्धार कार्यमा लाग्न सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन्। 'प्रदेश-२ का बारा, पर्सा र रौतहट जिल्लाको केही स्थानमा आज साँझ आएको बिनासकारी हावा हुरी र असिनाबाट धेरै धन जनको अकल्पनीय क्षति भएको छ' वक्तव्यमा महतोले भनेका छन्,'यस आकस्मिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछु। घाइतेको उद्धार कार्यमा लाग्न सबैमा अनुरोध छ।'

विवेकशिल साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पनि यस विपदप्रति दुख व्यक्त गरेका छन्। 'भीषण हावाहुरीमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्दार तथा उपचारमा कुनै कसर बाँकी नराख्न सरकारसँग विनम्र आग्रह गर्दछौँ' उनको वक्तव्यमा भनिएको छ,'हामी स्वदेश तथा विदेशमा रहेका हाम्रा शुभचिन्तकहरुलाई आ-आफ्नो क्षेत्रबाट नैतिक, भौतिक तथा आर्थिक सहयोगको लागि याचना गर्दै उहाँहरुको दु:खको साक्षी बन्न आह्वान गर्दछौँ।'

त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि पीडितको छिटो उद्दार गर्न सरकारलाई ध्यानाकर्षण गराएको छन्।

'अचानक आएको आँधीबेहरीको घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु' आफ्नो वक्तव्यमा तिमिल्सिनाले भनेका छन्,'पीडितको छिटो उद्दार, मृतकका परिवार तथा आँधीबेहरीबाट घरबार बिहिन परिवारहरुमा उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गर्दछु।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.