झापाबाट प्रधानमन्त्री र गृहमन्त्री हावाहुरी प्रभावित क्षेत्र प्रस्थान

झापाबाट प्रधानमन्त्री र गृहमन्त्री हावाहुरी प्रभावित क्षेत्र प्रस्थान

भद्रपुर : प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर आज हावाहुरी प्रभावित जिल्लामा गएका छन् ।

सोमबार १२ः२०  बजे झापाको चन्द्रगढी विमानस्थलबाट प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्रयादव सहित सेनाको स्काइ ट्रकमार्फत  सिधै बारा र पर्साका जनताको अवस्था हेर्न त्यसतर्फ लागेका छन् । 

प्रस्थान गर्नुअघिअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सूचना दिएर हुरी नआउने र यो प्रकृतिक प्रकोप भएकाले प्रकोप पीडितलाई सहयोग गर्न सबैलाई आग्रह गरे । ‘यो विपत्तिमा परेकाहरुलाई सहयोग गर्न म सबै नेपालीहरुलाई आग्रह गर्दुछ,’ ओलीले संक्षिप्त भनाइ राख्दै भने । 

त्यसैगरी हावाहुरी प्रभावित क्षेत्रमा सरकारले के कस्तो राहतको व्यवस्था गरेको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री थापाले तत्काल उद्धार कार्यमा लाग्न सबैलाई आग्रह गरिएको बताए । उनले आज प्रधानमन्त्रीसहितको टोली गएर उक्त ठाउँको अवलोकन गरेपश्चात राहत र घटनाबारे एउटा समिति नै बनाएर अगाडि बढ्ने बताए । 

हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको जानकारी पाएपछि ओलीले झापामा सोमबारका लागि राखिएका कार्यक्रमहरु सबै स्थगित गरेर घटनास्थलतर्पm लागेका हुन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.