१ हजार ४४ जनाले पाए आकस्मिक सेवा, ३२३ अस्पतालमै

१ हजार ४४ जनाले पाए आकस्मिक सेवा, ३२३ अस्पतालमै

काठमाडौं : आइतबारको विनाशकारी हावाहुरीमा घाइते भएका १४४ जनाले आकस्मिक सेवा पाएका छन्। हावाहुरीमा परेर २७ जनाको ज्यान गएको छ।

गम्भीर घाइते भएका ३२३ जनाको काठमाडौं लगायत विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। घाइते मध्ये ७ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

बाराका मोहमद मियाँ, गीतादेवी पटेल,किशन पटेल, अमन पटेल सुरेश पटेल, पर्साका मनोज अन्सारी र समिना खातुनको उपचार भइरहेको शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए। अन्य घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज, तराई अस्पताल वीरगन्ज, कलैया अस्पताल, गण्डकी अस्पताल र वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ।

घाइतेहरूको उद्धारको लागि नेपाली सेनाको एक टोली, नेपाल प्रहरीको दुई टोली परिचालित भएका छन्।  त्यस्तै उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल, चितवन मेडिकल कलेज र हेटौंडा अस्पतालका चिकित्सक खटिएका छन्।

घटनास्थलको निरीक्षण गर्दै उप प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले घाइतेहरूको उद्धार र उपचारमा कमी आउन नदिन निर्देशन दिएका छन्।

मन्त्रालयबाट डा. रमेश खरेल र डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा दुईवटा टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.