तनहुँमा विप्लवका पाँच कार्यकर्ता सत्ताधारी नेकपामा प्रवेश
तनहुँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पाँच कार्यकर्ता सत्ताधारी नेकपामा प्रवेश गरेका छन् ।
विप्लव नेकपा निकट भ्रातृ संस्था युवा संगठन तनहुँका सचिव बसन्त सदाशंकर सहित पाँचजना कार्यकर्ता नेकपा प्रवेश गरेका हुन् ।
तनहुँकाे दमौलीमा रहेको पार्टी कार्यालयमा एक कार्यक्रमका बीच उनीहरु सोमबार नेकपामा प्रवेश गरेका हुन् । युवा संगठन जिल्ला सदस्य विनोद विक, निरज श्रेष्ठ तथा नवीन घर्तीलाई नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
पार्टीमा स्वागत गर्दै नेकपाका केन्द्रीय सदस्य श्रेष्ठले हिंसाको बाटो भन्दा शान्तिपूर्ण संघर्षको बाटो रोज्नु उत्तम रहेको प्रतिक्रिया दिए ।