आईपीएलमा सन्दीपको पहिलो ब्याटिङ, दिल्लीकाे हार

आईपीएलमा सन्दीपको पहिलो ब्याटिङ, दिल्लीकाे हार

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार राति खेलिएको खेलमा सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटलले हार व्यहोरेको छ । दिल्ली किंग्स ११ पञ्जावसँग १४ रनले पराजित भएको हो। 

मोहली क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको थियो । १६७ रनको लक्ष्य पाएको दिल्ली १९.२ ओभरमा १५२ रन बनाउँदा अलआउट हुन पुग्यो। 

१६७ रनको सामान्य लक्ष्य पाएको दिल्लीका लागि कप्तान श्रेयस इयर, शिखर धावन, रिसब पन्त र कोलिन इन्ग्रामले मध्यम स्कोर बनाए भने अन्यले ५ रन भन्दा बढी बनाउन सकेनन् । चार व्याट्म्यानले क्रमश २८, ३०, ३८ र ३९ रन बनाएको , कोल्कात्ता विरुद्ध ९९ रन बनाएका ओपरनर पृथ्वी शा पहिलो बलमा नै आउट भएका थिए । 

 यस खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले पनि ब्याटिङको मौका पाएका थिए । आइपीएलमा पहिलो पटक ब्याटिङको मौका पाएका सन्दीप पहिलो बलमा नै पञ्जाबका साम कुरनबाट बोल्ड आउट भए ।

दिल्लीको ब्याटिङलाइन धरासायी बनाउने क्रममा पञ्जाबका लागि इङ्ल्याण्डका खेलाडी साम कुरन एक्लैले ४ विकेट लिए। 

आईपीएल यस सिजनको दोस्रो खेलमा  खेल्ने मौका पाएका सन्दीपले बलिङमा भने निकै राम्रो प्रदर्शन गरे । ४ ओभरमा २ विकेट लिएर २७ रन दिएका सन्दीप यस खेलमा पनि दिल्लीका लागि सबैभन्दा किफयती बलर बने। 

पहिलो विकेट सुरुमै गुमाए पनि त्यसपछिका ब्याट्सम्यानले राम्रो ब्याटिङ गरी दिल्लीलाई जित नजिक पुर्‍याएका थिए । १६. ३ ओभरमा १४४ रन बनाइसकेको दिल्लीलाई जितका लागि २१ बलमा २३ रन मात्रै चाहिएको थियो । १७ औं ओभरको चैथो बलमा रिसब पन्त आउट भएपछि दिल्लीको लगातार विकेट झर्न थाल्यो । थप ८ रन जोड्दा दिल्लीका बाँकी ६ विकेट गुमेपछि हार व्यहोर्न बाध्य भयो ।  ४ खेलमा २ जित र  २ हार व्यहोरेका दिल्ली अंक तालिकाको ५ औं स्थानमा छरेको छ । भने ४ खेलमा ३ जित हात पारेको पञ्जाब दोस्रो स्थानमा उक्लिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.