पूर्वप्रधानमन्त्री चन्दको पछुवा गाडीलाई ५०० जरिवाना
काठमाडौं : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको पछुवा गाडीका चालकलाई ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिवाना तिराएको छ । शुक्रबार साँझ बानेश्वरमा बा ४५ प २९३४ नम्बरको स्कुटरलाई चन्दको बा १ झ ९५२७ नम्बरको पछुवा गाडी गाडीले ठक्कर दिएको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले गाडी चालक सन्तोष घिमिरेलाई सोमबार महाशाखामै बोलाएर पाँच सय रुपैयाँ जरिवाना तिराएको हो । सुरक्षाकर्मीको गाडीलाई कारबाहीमा उन्मुक्ति दिएको भन्दै चौतर्फी आलोचना भएपछि महाशाखाले जरिवाना तिराएको हो ।