आँगनमा श्रीमतीको शव, बुहारीको अस्पतालमा, ११ महिने नातिलाई फुल्याउँदै रामसुरत

आँगनमा श्रीमतीको शव, बुहारीको अस्पतालमा, ११ महिने नातिलाई फुल्याउँदै रामसुरत

बारा(फेटा) : बाराको फेटा गाउँपालिका-१ भलुहीभरवलीयाका ११ महिने बालक रंजित दास सोमबार आमा खोजिरहेका थिए।छिन् छिनमा उनी रुन्थे।उनका हजुरबुवा रामसुरत दास फकाउँदै दूधदानीबाट दूध चुसाउँदै थिए।रंजितकी आमा रुना देवी ११ महिने छोरालाई छोडेर आइतबार साँझ भीषण हावाहुरीमा बिलिन भइन्।

उनको शव अस्पतालमा राखिएको छ।यतिखेर रंजित आमाको काख खोजिरहेका छन्।रंजितकी आमा हावाहुरीले घर भत्काउँदा काठ लागेर घाइते भएकी थिइन्।उपचारको क्रममा ३२ वर्षीया रिनादेवीको वीरगंजमा मृत्यु भयो।

रामसुरत की ५० वर्षीया श्रीमती मोतीसार देवीको पनि मृत्यु भएको छ।उनको शव साँझसम्म भत्किएको झुपडी छेउमा तन्नाले छोपेर राखिएको थियो। श्रीमतीको शव लिन वीरगंज गएका छोरा भीम दास साँझसम्म फर्किएका थिएनन्।रामसुरत पहाडी जिल्ला गोर्खामा मजदुरी गर्न गएका थिए। आइतबार साँझ श्रीमती र बुहारीको घर भत्किएर मृत्यु भएको खबर पाएपछि उनी सोमबार बिहान गाउँ आइपुगेका हुन्। 

भत्किएको झुपडी छेउमा राखिएको उनकी श्रीमतीको शव कुर्न रौतहटबाट छोरी मीनादेवी आइपुगेकी छिन्।उनी आमाको शव हेर्दै माइतीको घर भत्किएर लथालिङ्ग भएको सरसमान लताकपडा बटुल्दै थिइन्। 

आइतबार बेलुका खाना पकाउने बेला थियो।घरमा ५ जना थिए। एक्‍कासी आएको हावाहुरीले घर भत्कायो।स्थानीयका अनुसार करिब ५ मिनेट आएको हावाहुरीले क्षणभरमै तहसनहस बनायो। 

रामसुरतको घर वीरगंजदेखि कलैया जाने सडक नजिकै भलोही टोलमा छ। राहत लिएर विभिन्न संघसंस्था ,सुरक्षा  र सरकारी निकाय यहाँ पुगेका छन्।सबै उनको भत्किएको घरमा पुगेका छन् तर उनले राहत पाएका छैनन्। श्रीमतीको शव उठाउन पनि सकेका छैनन्। 

छोरा भीम बुहारीको शव लिन वीरगंज गएको र गाउँका मानिस पनि घाइते भएर उपचार गराउन वीरगंज गएकाले श्रीमतीको शव साँझसम्म पनि दाहसंस्कार गर्न नसकेको राम सुरतले बताए।उनले भने, 'घर भत्कियो, श्रीमती र बुहारीको मृत्यु भयो, नाती र नातिनी आमा खोजिरहेका छन्।'

सबै तस्बिर : राजकरण महतो र फणि महत।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.